एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
१२० पटक हेरिएको
Shares
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ

सारांश

  •     यता आइतबार साँझ पक्राउ पर्नेहरुमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं.
  • २ फत्तेपुर निवासी ३५ वर्षिय ब्रिटिस थापा मगर र वडा नं.
  • १ निवासी ३० वर्षिय भुमिराज थापा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 
    सप्तरी प्रहरीले दुई जना लागु औषध कारोबारीलाई लागुऔषध र नगदसहित पक्राउ गरेको छ । जिल्ला प्रहरीले लागु औषध नियन्त्रण अभियान थालेको एक महिनाको अवधीमा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ गरेको छ ।
    यता आइतबार साँझ पक्राउ पर्नेहरुमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. २ फत्तेपुर निवासी ३५ वर्षिय ब्रिटिस थापा मगर र वडा नं. १ निवासी ३० वर्षिय भुमिराज थापा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सहायक प्रहरी निरिक्षक रामनजी यादवको कमाण्डमा खटेको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ राम्पुरामल्हनिया बेरिया घाटस्थित स.८प. ९०९५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार थापाले बोकेको झोलाबाट प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ । 
    उनीहरुको खानतलासी गर्दा प्रतिबन्धीत लागु औषध डाईजिल्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुलसहित नगद ७० हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले जानकारी दिएका छन् । 
    उनीहरु भारतीय बजारबाट प्रतिबन्धित लागु औषध खरिद गरि ल्याउने र नेपालको विभिन्न सहरमा लुकिछिपी बिक्रि बितरण गर्दै आएको अनुसन्धानको क्रममा खुलेको उनको भनाई छ । थापाद्वयलाई सोमबार सप्तरी जिल्लन अदालतबाट म्याद थप गराई लागु औषध ऐन अन्तरगत आवश्यक कारवाही प्रकृया अघि बढाइएको उनले बताए । 
    यता एक महिनाको अवधीमा पक्राउ परेकाहरुबाट २ हजार २० पिस नाइट्रोजन ट्याब्लेट, ६७ सि डाइजील्याब, १ सय ४४ पिस स्पास्मोप्रोभेल ट्याब्लेट, ५० एम्पुल लुपिजेसिक, ६४ बोतल कोरेक्स, ५० एम्पुल फेनारगन र ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रोत नखुलेको झण्डै ११ लाख रकमसहित एक पक्राउ
श्रोत नखुलेको झण्डै ११ लाख रकमसहित एक पक्राउ
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग