दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीको महादेवा गाउँपालिकाले विहीवार आठौ गाउँ सभा सम्पन्न गरेको छ ।
पालिकाले स्वच्छ समाजको मुल आधार, शिक्षा, कृषि तथा भौतिक विकाश एवम स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न गरेको हो ।
पालिका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाको ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेको जानकारी दिए ।
त्यस्तै कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम, प्रशासनिक, अतिआवश्यक योजना, कर्मचारीहरुको तलव, भत्तालगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन गरिएको बताए ।
गाउँपालिकामा ९५ प्रतिशत कृषि पेशा अङ्गालेकोले कृषिमा लागेलाई आत्म निर्भर बनाउनको लागी विधुतीकरणमा ध्यान दिएको उल्लेख गरे ।
सो कार्यक्रममा उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा, कानुन ब्यवसायी केशव प्रसाद दास, वडाध्यक्ष जयश्वर किशोर दास, जागेश्वर ईसर, लोसपाका युवा नेता सुरेन्द्र यादव, शंकर राउत, हरि नारायण यादवलगायत शुभकामना मन्तब्य दिएका थिए ।
महादेवाको आठौ गाउँ सभा सम्पन्न
सारांश
- पालिकाले स्वच्छ समाजको मुल आधार, शिक्षा, कृषि तथा भौतिक विकाश एवम स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न गरेको हो ।
- पालिका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाको ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेको जानकारी दिए ।
- त्यस्तै कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम, प्रशासनिक, अतिआवश्यक योजना, कर्मचारीहरुको तलव, भत्तालगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन गरिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया