दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित एक कुखुरा फर्ममा शुक्रबार आगलागी हुँदा सातलाख बराबरको क्षति भएको छ ।
सो गाउँपालिका वडा नं. १ बिरपुरटोलस्थित कुखुरा फार्ममा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
शुक्रबार विहान ५ः३० बजेको समयमा स्थानीय ४० वर्षीय कृष्णदेव यादवले सञ्चालन गरेका राहुल कृष्ण पशुपन्छी कुखुरा फार्ममा विद्युत् करेन्ट सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब चार सय कुखुरा, कुखुराको दाना तथा बाँसको टाँटीले बनेको जस्ताको छानो भएको कुखुरा पाल्ने घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
प्रहरी, स्थानिय र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको दमकलको सहयोगमा तीन घण्टा पछि आगो पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
सारांश
- सो गाउँपालिका वडा नं.
- १ बिरपुरटोलस्थित कुखुरा फार्ममा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
- शुक्रबार विहान ५ः३० बजेको समयमा स्थानीय ४० वर्षीय कृष्णदेव यादवले सञ्चालन गरेका राहुल कृष्ण पशुपन्छी कुखुरा फार्ममा विद्युत् करेन्ट सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया