उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु

राजविराज राजविराज
|
बिहिबार, मंसिर १३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु

सारांश

  •     उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा ष्स्४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागु हुने निर्वाचन प्रचार प्रसार निषेध अवधि सुरु भएको हो ।
  •     सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.
  • १ र ४ मा वडाअध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ ।

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।

    सप्तरीको दुई वटा वडासहित मुलुकभर ४४ स्थानमा आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बिहीबार रातीदेखी मौन अवधी सुरु भएको छ । 
    उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा ष्स्४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागु हुने निर्वाचन प्रचार प्रसार निषेध अवधि सुरु भएको हो ।
    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ । ती दुबै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 
    पालिकाको वडा नं. १ मा एक स्वतन्त्र गरि ८ जना तथा वडा नं. ४ मा पनि ८ जना गरि दुबै वडामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये एक जना महिला उम्मेदवार पनि छिन् । 
    ती सबै उम्मेदवारले प्रचार प्रसार कार्यलाई बिहीबार रातीसम्म जारी राख्दै आ–आफ्नो पक्षमा मत पार्न घरदैलो कार्यक्रमदेखी मतदाता रिझाउन खेतबारी सम्म पुगेका छन् । 
    निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा विभिन्न नियमहरू पालना गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले आचार संहिता पालन गर्नका लागि मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले कुनै पनि अवांछित गतिविधि नगर्न र नगराउन निर्देशन नै जारी गरेको छ ।
    मौन अवधीमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार नगर्ने नगराउने, निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने नगराउने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने नगराउने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने गराउने रहेको छ । 
    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन प्रचार प्रसार निषेध गरिएको अवधिमा उपरोक्त बमोजिम कार्य भए गरेको केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सूक्ष्म अनुगमन हुने बताएकी छिन् । उनले कहीँ कतै आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरी मुख्य निर्वाचन÷निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आह्वान गरिएको छ ।
दुई पदका लागि १६ जना प्रतिष्पर्धामा
    डाक्नेश्वरी नगरपालिकामा दुई पदका लागि १६ जना प्रतिष्पर्धाम रहेका छन् । दुबै वडामा विभिन्न दल र एक स्वतन्त्र उम्मेदवारी १६ जना चुनावी मैदानमा छन् । 
    सो पालिकाको वडा नं. १ बाट नेपाली कांग्रेसले भुलियादेवी थरुनी र वडा नं. ४ बाट जोगिन्द्र रायलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले वडा नं. १ मा भगवानी साह र वडा नं. ४ मा संजय कुमार यादवलाई उम्मेदवार बनाएको छ । 
    यसैगरि जसपा नेपालबाट वडा १ मा धिरेन्द्र साह र वडा नं. ४ मा देवेन्द्र प्रसाद यादवको उम्मेदवारी परेको छ । जनमत पार्टीबाट वडा नं १ मा शैलेन्द्र कुमार साह र वडा नं. ४ मा उदयनारायण पण्डितले उम्मेदवारी दिएका छन् । यस्तै माओवादी केन्द्रबाट वडा नं. १ मा प्रमोद कुमार सन्त र वडा नं. ४ मा भागवत रामको उम्मेदवारी परेको छ ।  
    यस्तै वडा नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिश कुमार चौधरी र वडा नं. ४ बाट रामकुमार यादव, नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ बाट अनरुद्ध प्रसाद चौधरी र वडा नं. ४ बाट शिवकुमार रामको उम्मेवारी परेको छ । 
    वडा नं. १ बाट स्वतन्त्र उम्मेदवार शुसिल साहको उम्मेदवारी परेको छ भने वडा नं. ४ बाट जसपा (अशोक राई) बाट रबिन्द्र रायको उम्मेदवारी परेको छ ।    
    डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता छन । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?