राजविराज÷उद्योग मन्त्री मातृका यादवले नेताको जस्तो भाषण नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन् ।
राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा शनिबार कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने क्रममा कर्मचारीहरूले कार्यालयको समस्या, कर्मचारीहरुले झेल्नु परेको चुनौती तथा नीतिगत कुराहरु बारे जानकारी गराउँदा मन्त्री यादवले कर्मचारीहरुलाई राजनीतिक दलका नेता जस्तो भाषण नगर्न चेतावनी दिएका हुन् ।
सो क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहले सप्तरीको उद्योग र उत्पादन संकटमा परेको भन्दै सुझाव प्रस्तुत गर्दै गर्दा मन्त्री यादवले उनीसँग तथ्याङ्क माग गरेपछि उनले आफू नयाँ भएकोले तथ्याङ्क उपलब्ध नभएको बताए ।
मन्त्री यादवले घरेलुका प्रमुख साह बोल्दै गर्दा बीचमै बिना तथ्याङ्क प्रस्तुती नगर्न आग्रह गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेलले उनी भर्खरै जिल्ला आएकाले तथ्याङ्क नभएको स्पष्ट पारे ।
सोही कार्यक्रममा भूमी सुधार तथा मालपोत कार्यालयका एक कर्मचारीले दरबन्दी अनुसार कर्मचारी नभएको जानकारी गराउँदै ४२ जना मध्ये २१ जनामा कार्यालय संचालन गर्न अफ्ठ्यारो भइरहेको गुनासो व्यक्त गरे । उनले हाल २१ जना कर्मचारी मध्ये एक जना पनि अधिकृत स्तरको कर्मचारी नहुँदा मुद्दा तथा प्रशासनको काममा निर्णय गर्न आफ्ठ्यारो भइरहेको बताए ।
यस्तै जिल्ला भन्सार कार्यालय सप्तरीका प्रमुख अभिशेख कण्ठले भन्सार कार्यालयमा सामान परीक्षण गर्ने प्रविधिको अभाव भएको र काम गर्न समस्या भएको गुनासो गरे । खुला सिमानाका कारण राजस्व असुली पनि प्रभावित भएको जानकारी गराए ।
मन्त्री यादवले उनलाई बीचमै रोकेर खुल्ला सिमाना आजको समस्या नभएको बताउँदै यो समस्या सप्तरीमा मात्र नभएर अन्य जिल्लामा समेत रहेकोले यसलाई जुन साधन श्रोत छ सोही अनुसार सुरक्षाकर्मीसँग मिलेर काम गर्न निर्देशन समेत दिए ।
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
सारांश
- मन्त्री यादवले घरेलुका प्रमुख साह बोल्दै गर्दा बीचमै बिना तथ्याङ्क प्रस्तुती नगर्न आग्रह गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेलले उनी भर्खरै जिल्ला आएकाले तथ्याङ्क नभएको स्पष्ट पारे ।
- सोही कार्यक्रममा भूमी सुधार तथा मालपोत कार्यालयका एक कर्मचारीले दरबन्दी अनुसार कर्मचारी नभएको जानकारी गराउँदै ४२ जना मध्ये २१ जनामा कार्यालय संचालन गर्न अफ्ठ्यारो भइरहेको गुनासो व्यक्त गरे ।
- उनले हाल २१ जना कर्मचारी मध्ये एक जना पनि अधिकृत स्तरको कर्मचारी नहुँदा मुद्दा तथा प्रशासनको काममा निर्णय गर्न आफ्ठ्यारो भइरहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया