कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी

राजविराज राजविराज
|
शनिबार, जेठ २५, २०७६
|
|
१७ पटक हेरिएको
Shares
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी

सारांश

  •     मन्त्री यादवले घरेलुका प्रमुख साह बोल्दै गर्दा बीचमै बिना तथ्याङ्क प्रस्तुती नगर्न आग्रह गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेलले उनी भर्खरै जिल्ला आएकाले तथ्याङ्क नभएको स्पष्ट पारे ।
  •       सोही कार्यक्रममा भूमी सुधार तथा मालपोत कार्यालयका एक कर्मचारीले दरबन्दी अनुसार कर्मचारी नभएको जानकारी गराउँदै ४२ जना मध्ये २१ जनामा कार्यालय संचालन गर्न अफ्ठ्यारो भइरहेको गुनासो व्यक्त गरे ।
  • उनले हाल २१ जना कर्मचारी मध्ये एक जना पनि अधिकृत स्तरको कर्मचारी नहुँदा मुद्दा तथा प्रशासनको काममा निर्णय गर्न आफ्ठ्यारो भइरहेको बताए ।

    राजविराज÷उद्योग मन्त्री मातृका यादवले नेताको जस्तो भाषण नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन् । 
    राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा शनिबार कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने क्रममा कर्मचारीहरूले कार्यालयको समस्या, कर्मचारीहरुले झेल्नु परेको चुनौती तथा नीतिगत कुराहरु बारे जानकारी गराउँदा मन्त्री यादवले कर्मचारीहरुलाई राजनीतिक दलका नेता जस्तो भाषण नगर्न चेतावनी दिएका हुन् । 
    सो क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहले सप्तरीको उद्योग र उत्पादन संकटमा परेको भन्दै सुझाव प्रस्तुत गर्दै गर्दा मन्त्री यादवले उनीसँग तथ्याङ्क माग गरेपछि  उनले आफू नयाँ भएकोले तथ्याङ्क उपलब्ध नभएको बताए । 
    मन्त्री यादवले घरेलुका प्रमुख साह बोल्दै गर्दा बीचमै बिना तथ्याङ्क प्रस्तुती नगर्न आग्रह गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेलले उनी भर्खरै जिल्ला आएकाले तथ्याङ्क नभएको स्पष्ट पारे । 
    सोही कार्यक्रममा भूमी सुधार तथा मालपोत कार्यालयका एक कर्मचारीले दरबन्दी अनुसार कर्मचारी नभएको जानकारी गराउँदै ४२ जना मध्ये २१ जनामा कार्यालय संचालन गर्न अफ्ठ्यारो भइरहेको गुनासो व्यक्त गरे । उनले हाल २१ जना कर्मचारी मध्ये एक जना पनि अधिकृत स्तरको कर्मचारी नहुँदा मुद्दा तथा प्रशासनको काममा निर्णय गर्न आफ्ठ्यारो भइरहेको बताए । 
    यस्तै जिल्ला भन्सार कार्यालय सप्तरीका प्रमुख अभिशेख कण्ठले भन्सार कार्यालयमा सामान परीक्षण गर्ने प्रविधिको अभाव भएको र काम गर्न समस्या भएको गुनासो गरे । खुला सिमानाका कारण राजस्व असुली पनि प्रभावित भएको जानकारी गराए ।
    मन्त्री यादवले उनलाई बीचमै रोकेर खुल्ला सिमाना आजको समस्या नभएको बताउँदै यो समस्या सप्तरीमा मात्र नभएर अन्य जिल्लामा समेत रहेकोले यसलाई जुन साधन श्रोत छ सोही अनुसार सुरक्षाकर्मीसँग मिलेर काम गर्न निर्देशन समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?