मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी

राजविराज राजविराज
|
बिहिबार, आश्विन २३, २०७६
|
|
३० पटक हेरिएको
Shares
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी

सारांश

  •     राजविराजस्थित राजदेवी मा.
  • बि.
  • को खेल मैदानमा भएको खेलमा टिम निलोले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय ६७ रन बनाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
    राजदेवी राईजिंग राजबिराजद्वारा प्रत्येक बर्ष आयोजना गरिने मित्रमिलन समारोह अन्र्तगत बुधबार १० औं बर्षको अवसरमा आयोजना गरिएको क्रिकेट खेलमा टिम कालोले टिम निलोलाई ८ बिकेटले पराजित गरेको छ । 
    राजविराजस्थित राजदेवी मा.बि.को खेल मैदानमा भएको खेलमा टिम निलोले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय ६७ रन बनाएको थियो । 
    राजदेवी निलोका तर्फबाट महेश देवले आर्कषक ब्याटिंग गर्दै ३० बलमा नटआउट रहि ५० रन तथा चन्दन यादव ३४, आयुश श्रेष्ठ १३, देवेश चौधरी १२ र संदिव देवले ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ राजदेवी कालोका तर्फबाट संजय यादव र राजेन्द्र यादवले सामान २ बिकेट तथा मुकेश झा र कमानन्द यादवले सामान १ बिकेट लिएका थिए । 
    १ सय ६८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजदेवी कालोले सजिलै उक्त लक्ष्य १८ ओभर ३ बलमा २ बिकेटको नोक्सानीमा भेटाएका थिए । राजदेवी निलोलाई सजिलै बिजय गराउन आलोक चौधरी र जगरनाथ साहले आर्कषक ब्याटिंग गर्दै तेश्रो बिकेटको लागि १ सय ५४ रनको अविजित साझेदारी गरेका थिए । जसमा आलोक चौधरीले ५१ बलमा १२ चौक्का र २ छक्काको मद्धतले ७८ रन तथा जगरनाथ साहले ४५ बलमा ९चौक्का र १ छक्काको मद्धतले ६० रनको योगदान दिएका थिए ।
    बलिंग तर्फ राजदेवी निलोका तर्फबाट बिनोद रजक र शिवकान्त देवले सामान १ बिकेट लिएका थिए भने खेलको म्यान अफ द म्याच राजदेवी निलोका तर्फबाट आर्कषक ब्याटिंग गर्ने आलोक झा घोषित भएका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
सहिदको सम्झानामा दिप प्रज्वलन
सहिदको सम्झानामा दिप प्रज्वलन
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते