दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सप्तरीको छुट्टाछुट्टै चार स्थानमा भएको आगलागिमा झण्डै १५ लाख मुल्य बराबरको क्षति भएको छ ।
आइतबार बिहान १ बजेको समयमा जिल्लाको हनुमाननगर कंकालिनि ननगरपालिका ९ हनुमाननगर बस्ने राजकुमार शर्माले आफै संचालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा आगलागि हुँदा १२ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार बिधुतको तार सर्ट भई आगलागी हुदा पसल भित्र रहेको ईलेक्ट्रोनिक सामानहरु पुर्ण रुपमा जलेको नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।
सोही आगोले छिमेकी हरेराम रजक र गौतम शर्माको घर समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
यता शनिबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ४ नवटोलिया बस्ने बिरेन्द्र मुखियाको घरमा रहेको बिधुतको तार सर्ट भई आगलागी हुदा उनको एक तल्ले घर जलेर नष्ट भएको छ ।
आगलागिमा नगद ५० हजारसहित घर, लत्ताकपडा, साइकल, कमोवाइल, खाद्यान्न लगायत जलेर नष्ट हुँदा २ लाख ४२ मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै शनिबारै राती जिल्लाको खड्क नगरपालिका ४ आमहा बस्ने महिनारायण चौधरीको श्रीमतिले गहुको भुषमा आगो लगाउदा ८ जना व्यक्तिहरुको परालको टालोमा आगलागि हुँदा ४८ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
शनिबारै जिल्लाको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने बिन्देश्वर पण्डितको परालको टालमा आचानक आगो लाग्दा ८ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सबै स्थानको आगो प्रहरी, स्थानीयवासी तथा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै १५ लाख मुल्य बराबरको क्षति
सारांश
- आइतबार बिहान १ बजेको समयमा जिल्लाको हनुमाननगर कंकालिनि ननगरपालिका ९ हनुमाननगर बस्ने राजकुमार शर्माले आफै संचालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा आगलागि हुँदा १२ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- प्रहरीका अनुसार बिधुतको तार सर्ट भई आगलागी हुदा पसल भित्र रहेको ईलेक्ट्रोनिक सामानहरु पुर्ण रुपमा जलेको नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।
- सोही आगोले छिमेकी हरेराम रजक र गौतम शर्माको घर समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया