दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
२५औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार सप्तरीको बलान बिहुल गाउँपालिका र युवा संजालको अगुवाईमा बृक्षारोपण गरिएको छ ।
गाउपालिका अध्यक्ष खेमचन्द्र यादबले हुलाकी राजमार्गस्थित बलान नदिको डिलमा विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।
वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष यादबले वृक्षारोपण जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
बलानबिहुल गाउपालिकाको समन्वयमा तथा युएसएआईडीको आर्थिक सहयोग र द एशिया फाउन्डेशन कार्यान्वयन संस्था र सबल नेपालद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका किशोर किशोरी, युवा, महिलाहरुको अधिकार अभियानका लागि गठित युवा सञ्जालले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
संजालका अध्यक्ष लक्ष्मी कुमारी रामको अध्यक्षतामा तथा पालिका अध्यक्ष खेमचन्द्रको सहभागितामा पालिकाको हुलाकी राजमार्ग बलान नदिदेखी बिहुल नदिको वरिपरि बिभिन्न ठाउहरूमा १ हजार भन्दा बढी बिभिन्न जातका बोटबिरूवाहरू रोपिएको जनाइएको छ ।
बलान नदीको डिलमा बृक्षारोपण
सारांश
- गाउपालिका अध्यक्ष खेमचन्द्र यादबले हुलाकी राजमार्गस्थित बलान नदिको डिलमा विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।
- वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष यादबले वृक्षारोपण जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
- बलानबिहुल गाउपालिकाको समन्वयमा तथा युएसएआईडीको आर्थिक सहयोग र द एशिया फाउन्डेशन कार्यान्वयन संस्था र सबल नेपालद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका किशोर किशोरी, युवा, महिलाहरुको अधिकार अभियानका लागि गठित युवा सञ्जालले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया