निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १६, २०८२
|
|
११२ पटक हेरिएको
Shares
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास

सारांश

  •    नेपाली सेना अन्तर्गत बरखगणले शनिबार पैदल, सवारीसाधन, मोटरसाइकल तथा बख्तरबन्दसहित स्थलगत गस्ती सहित शनिबार सुरक्षा अभ्यास गरेको हो ।
  •    निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सम्भावित जोखिम, अघिल्ला निर्वाचनका अनुभव तथा संवेदनशील क्षेत्रको विश्लेषणका आधारमा विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोभित बहादुर चन्दले जानकारी दिए ।
  •    संवेदनशील र अति संवेदनशील मतदान स्थलहरुमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, आकस्मिक चेकजाँच तथा २४ सै घण्टा सुरक्षा निगरानी व्यवस्था कडा पारिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 

   फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरी जिल्लाका २ सय ९६ वटै मतदान स्थलमा एकै समयमा एकसाथ नेपाली सेनाले सुरक्षा अभ्यास गरेको छ । 
   नेपाली सेना अन्तर्गत बरखगणले शनिबार पैदल, सवारीसाधन, मोटरसाइकल तथा बख्तरबन्दसहित स्थलगत गस्ती सहित शनिबार सुरक्षा अभ्यास गरेको हो ।
   निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सम्भावित जोखिम, अघिल्ला निर्वाचनका अनुभव तथा संवेदनशील क्षेत्रको विश्लेषणका आधारमा विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोभित बहादुर चन्दले जानकारी दिए ।
   संवेदनशील र अति संवेदनशील मतदान स्थलहरुमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, आकस्मिक चेकजाँच तथा २४ सै घण्टा सुरक्षा निगरानी व्यवस्था कडा पारिएको उनले बताए ।
   नेपाली सेनाका अनुसार मतदानस्थल वरपर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको छ । 
   सुरक्षाकर्मीहरु निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक सहयोग र समन्वयमा खटिने बताइएको छ । निर्वाचन प्रक्रियामा अवरोध पु¥याउन सक्ने व्यक्ति तथा समूहमाथि निगरानी बढाउन अत्याधुनिक प्रविधिको प्रयोग, गस्ती तथा फ्ल्याग मार्चमार्फत सम्भावित भाग्ने मार्ग र शंकास्पद स्थानहरुको पहिचान गरिएको बरखगणले जनाएको छ ।
   सैनिक–नागरिक सम्बन्ध विस्तार गर्दै मतदान स्थल वरपरका स्थानीय बासिन्दासँग सहकार्य गरी अवाञ्छित घटना गर्ने सक्ने व्यक्तिको पहिचान तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने रणनीति अपनाइएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर  संघ सप्तरीबाट २५ हजार बढी संकलन
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी