दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरी जिल्लाका २ सय ९६ वटै मतदान स्थलमा एकै समयमा एकसाथ नेपाली सेनाले सुरक्षा अभ्यास गरेको छ ।
नेपाली सेना अन्तर्गत बरखगणले शनिबार पैदल, सवारीसाधन, मोटरसाइकल तथा बख्तरबन्दसहित स्थलगत गस्ती सहित शनिबार सुरक्षा अभ्यास गरेको हो ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सम्भावित जोखिम, अघिल्ला निर्वाचनका अनुभव तथा संवेदनशील क्षेत्रको विश्लेषणका आधारमा विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोभित बहादुर चन्दले जानकारी दिए ।
संवेदनशील र अति संवेदनशील मतदान स्थलहरुमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, आकस्मिक चेकजाँच तथा २४ सै घण्टा सुरक्षा निगरानी व्यवस्था कडा पारिएको उनले बताए ।
नेपाली सेनाका अनुसार मतदानस्थल वरपर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको छ ।
सुरक्षाकर्मीहरु निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक सहयोग र समन्वयमा खटिने बताइएको छ । निर्वाचन प्रक्रियामा अवरोध पु¥याउन सक्ने व्यक्ति तथा समूहमाथि निगरानी बढाउन अत्याधुनिक प्रविधिको प्रयोग, गस्ती तथा फ्ल्याग मार्चमार्फत सम्भावित भाग्ने मार्ग र शंकास्पद स्थानहरुको पहिचान गरिएको बरखगणले जनाएको छ ।
सैनिक–नागरिक सम्बन्ध विस्तार गर्दै मतदान स्थल वरपरका स्थानीय बासिन्दासँग सहकार्य गरी अवाञ्छित घटना गर्ने सक्ने व्यक्तिको पहिचान तथा प्रचलित कानुन अनुसार कारबाही गर्ने रणनीति अपनाइएको जनाइएको छ ।
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
सारांश
- नेपाली सेना अन्तर्गत बरखगणले शनिबार पैदल, सवारीसाधन, मोटरसाइकल तथा बख्तरबन्दसहित स्थलगत गस्ती सहित शनिबार सुरक्षा अभ्यास गरेको हो ।
- निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सम्भावित जोखिम, अघिल्ला निर्वाचनका अनुभव तथा संवेदनशील क्षेत्रको विश्लेषणका आधारमा विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोभित बहादुर चन्दले जानकारी दिए ।
- संवेदनशील र अति संवेदनशील मतदान स्थलहरुमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, आकस्मिक चेकजाँच तथा २४ सै घण्टा सुरक्षा निगरानी व्यवस्था कडा पारिएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया