दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
२९ औ अन्तराष्ट्रिय अपागं दिवस को अवसरमा अपाङता भएका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।
समाबेशी अपाङ संघ, बौद्विक अपाङताको अभिभावक संघ, सप्तरी बहिरा संघको आयोजनामा तथा राजबिराज नगरपालिकाको सहयोगमा बिहीबार उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।
उक्त अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले अपाङता भएका ब्यक्तीहरूको पहँुच र दिगो बिकासको लागि नगरपालिका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
सोही अवसरमा दृष्टिबिहिन श्रोत केन्द्र पबिमाविका ९ जना र बहिरा बालक स्कुल गरी २५ जना अपाङता भएका बालवालिकाहरूलाई शैक्षिक सामग्री बितरण गरिएको समाबेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झाले बताए ।
समाबेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा बौद्विक अपाङताको अभिभावक संघका अध्यक्ष जगदिश अर्याल, नेपाल पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, राष्ट्रिय अपाङ महासंघ प्रदेश सदस्य आरती मण्डल, सगरमाथा अपाङ कल्याण संघका कोषाध्यक्ष रामचन्द्र यादब, सप्तरी बहिरा संघका अध्यक्ष अरबिन्द चौधरी, बहिरा स्कुल पबिमाविका श्रोत ब्यक्ती बिरेन्द्र बिश्वकर्माले मन्तव्य दिएका थिए ।
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
सारांश
- समाबेशी अपाङ संघ, बौद्विक अपाङताको अभिभावक संघ, सप्तरी बहिरा संघको आयोजनामा तथा राजबिराज नगरपालिकाको सहयोगमा बिहीबार उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।
- उक्त अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले अपाङता भएका ब्यक्तीहरूको पहँुच र दिगो बिकासको लागि नगरपालिका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
- सोही अवसरमा दृष्टिबिहिन श्रोत केन्द्र पबिमाविका ९ जना र बहिरा बालक स्कुल गरी २५ जना अपाङता भएका बालवालिकाहरूलाई शैक्षिक सामग्री बितरण गरिएको समाबेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया