दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
सप्तरी विभिन्न राजनीतिक दलका अगुवाहरुले जिल्लमा देखिएका विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी मिलेर काम गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन ।
नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा मंगलवार वसेको राजनीतिक दलहरुको संयुक्त बैठकमा जिल्लामा विकास निर्माण तथा जनसरोकारका विषयमा हाल देखिएका महत्वपुर्ण समस्याहरुको पहिचान गरी समाधानका लागी राजनितिक स्वार्थ भन्दा माथी उठि मिलेर प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन ।
बैठकले जिल्लामा हाल महत्वपुर्ण समस्याको रुपमा राजविराज बसपार्क, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको अधुरो कन्या छात्रावास भवन, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण, राजविराज नगरपालिका क्षेत्रको विटौरी जग्गा बाहकलाई लालपुर्जा प्रदान, गजेन्द्र नारायण सिह अस्पतालमा स्तरिय स्वास्थ्य सेवा र जनशक्तीको अभाव तथा जनसरोकारका कार्यालयहरुमा चुस्तदुरुस्त सेवा प्रवाहको अभाव प्रमुख समस्याको रुपमा रहेको ठहर गरेको छ ।
यस्तै शान्ति सुरुक्षा, ट्राफिक व्यवस्थापन र राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयलाई व्यवस्थित बनाइनु पर्ने लगायतका समस्याहरु समेत समाधान गर्नू पर्ने प्रमुख आवश्यक्ता देखिएको बैठकले ठहर गर्दै समाधानका लागी सबै राजनीतिक दल मिलेर काम गर्ने सहमती बनेको नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलले जानकारी दिए ।
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा आयोजित बैठकमा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष केदार यादव, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, जनमत पार्टीका जिल्ला अध्यक्ष रामगमन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष अरुण कुमार देव, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साह र लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झा सहभागी थिए ।
बैठकका सहभागीहरुले गजेन्द्र नारायण सिह अस्पतालमा दरबन्दी अनुसारको जनशक्ती नहुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको, बसपार्क निर्माण र संचालनमा ढिलाई हुदा सडक किनारबाटै यातायात संचालनका कारण दुर्घटनाको जोखिम बढेको, पार्किङ र ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बनेको, राजविराज नगरपालिका क्षेत्रको ४ हजार ६ सय बिटौरी जग्गा बाहक परिवार समस्यामा परेको, विभिन्न सरकारी कार्यालयमा ढिलासुस्ती र आर्थिक लेनदेनबाट सेवाग्राही पीडित बनेको लगायतका समस्या उठान गर्दै समाधानका लागी सम्बन्धित मन्त्रालय र कार्यालय प्रमुख संग संयुक्तरुपमा भेटी आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।
यस्तै संयुक्त प्रयासबाट प्राप्त हुने उपलब्धीबारे समिक्षा र भावी दिनमा जिल्लाको समग्र विकासका लागी चाल्नु पर्ने थप कदमबारे आवश्यक छलफल गर्न सबै दलको संयुक्त बैठक प्रत्येक महिनाको पहिलो साता वस्ने निर्णय समेत भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
सारांश
- नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा मंगलवार वसेको राजनीतिक दलहरुको संयुक्त बैठकमा जिल्लामा विकास निर्माण तथा जनसरोकारका विषयमा हाल देखिएका महत्वपुर्ण समस्याहरुको पहिचान गरी समाधानका लागी राजनितिक स्वार्थ भन्दा माथी उठि मिलेर प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन ।
- बैठकले जिल्लामा हाल महत्वपुर्ण समस्याको रुपमा राजविराज बसपार्क, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको अधुरो कन्या छात्रावास भवन, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण, राजविराज नगरपालिका क्षेत्रको विटौरी जग्गा बाहकलाई लालपुर्जा प्रदान, गजेन्द्र नारायण सिह अस्पतालमा स्तरिय स्वास्थ्य सेवा र जनशक्तीको अभाव तथा जनसरोकारका कार्यालयहरुमा चुस्तदुरुस्त सेवा प्रवाहको अभाव प्रमुख समस्याको रुपमा रहेको ठहर गरेको छ ।
- यस्तै शान्ति सुरुक्षा, ट्राफिक व्यवस्थापन र राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयलाई व्यवस्थित बनाइनु पर्ने लगायतका समस्याहरु समेत समाधान गर्नू पर्ने प्रमुख आवश्यक्ता देखिएको बैठकले ठहर गर्दै समाधानका लागी सबै राजनीतिक दल मिलेर काम गर्ने सहमती बनेको नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया