दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा  एक धरौटी बुझाउन नसक्दा करागार चलान

राजविराज राजविराज
|
बिहिबार, पौष ९, २०७७
|
|
४१ पटक हेरिएको
Shares
दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा  एक धरौटी बुझाउन नसक्दा करागार चलान

सारांश

  •     रिहा भएका मध्ये एक जना सामुहिक बलात्कारका पंच पनि धरौटीमा रिहाका भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका सप्तरीको खडक नगरपालिका १ बस्ने २६ वर्षीय दिपक मण्डल सप्तरी जिल्ला अदालतको आदेशानुसार ५० हजार धरौटी रकम तिर्न नसक्दाँ विहिबार कारागार चलान भएका हुन ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत मंसिर ९ गते सोही नगरपालिका निवासी अमित साहको मोटरसाइल चोरी गरी फरार भएका उनलाई प्रहरीले पक्राउ गरी चोरी मुद्दामा कारबाही अघि बढाउदै अदालत समक्ष पेश गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ पुस । 
    विभिन्न अपराधमा संलग्न रही फरार रहेका दुई प्रतिवादी पक्राउपछि धरौटीमा तारेखमा रिहा भएका छन भने एक जना धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन ।
    रिहा भएका मध्ये एक जना सामुहिक बलात्कारका पंच पनि धरौटीमा रिहाका भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका सप्तरीको खडक नगरपालिका १ बस्ने २६ वर्षीय दिपक मण्डल सप्तरी जिल्ला अदालतको आदेशानुसार ५० हजार धरौटी रकम तिर्न नसक्दाँ विहिबार कारागार चलान भएका हुन ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत मंसिर ९ गते सोही नगरपालिका निवासी अमित साहको मोटरसाइल चोरी गरी फरार भएका उनलाई प्रहरीले पक्राउ गरी चोरी मुद्दामा कारबाही अघि बढाउदै अदालत समक्ष पेश गरेको थियो ।
    अदालत बाट ५० हजार धरोटी माग हुँदा तिर्न नसकेका उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
    त्यस्तै सामुहिक जवरजस्ती करणी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका ७ का ४५ वर्षीय शत्रुधन मण्डल अदालतको आदेश पछि २ लाख रुपैयाँ धरौटी बुझाउदै तारेखमा रिहा भएका छन ।
    गत भाद्र ३० गते सोही नगरपालिकामा भएको एक सामुहिक बलात्कार र पीडित बालिकाद्वारा आत्महत्याको घटनापछि फरार रहेको मण्डललाई बुधबार प्रहरीले राजविराजबाट पक्राउ गरी अदालत समक्ष पेश गरेको थियो । उनी माथि सामुहिक बलात्कारको घटना पञ्चायतीद्वारा मिलाउन पञ्चको रुपमा भुमिका निर्वाह गरेको आरोप छ । पीडकलाई सजाय दिलाउनुको साटो पञ्चायतीको माध्यमले पीडित पक्षलाई रकमको प्रलोभन देखाइ घटना ढाकछोप गर्न उनी पञ्चको रुपमा खटेको पाइएको प्रहरीको भनाइ छ ।
    त्यस्तै ठगी मुद्दामा फरार रहेका डाकनेश्वरी २ का प्रकाश चौधरी पक्राउपछि अदालतको आदेशमा ५० हजार धरौटी बुझाइ तारेखमा रिहा भएका छन । सोही वडा निवासी राम प्रसाद यादवको गत ०७६ साउन ८ गतेको जाहेरीले ठगी मुद्दामा कारबाही चलाइए पछि फरार भएका चौधरीलाई गाउँमे लुकेको अवस्थामा पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको भवन बनाउन झकरैत दम्पतीद्वारा जग्गादान
ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको भवन बनाउन झकरैत दम्पतीद्वारा जग्गादान
राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए
राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
वार्षिकोत्सवमा रक्तदान 
वार्षिकोत्सवमा रक्तदान 
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता