मिथिला देवघर साइकल  यात्रा २०७६ साउन २१ देखी

राजविराज राजविराज
|
आइतबार, श्रावण १२, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •     नेपालको मैथिली भाषी क्षेत्र तथा मित्रराष्ट्र भारतको विभिन्न राज्यहरुमा बोलिने मैथिली भाषा बिचको समानताबारे ठाउँठाउँमा विचार मन्थन समेत गरिने उनले जानकारी दिए ।
  •     राजविराजबाट ३ सय ३८ किलोमीटरको दुरीमा रहेको देवघर यात्राकालागि १५ दिनको समय तय गरिएको छ ।
  • बिरपुरको गाउँबाट डिहबार थानमा पूजाआजा गरी २७ जना साइकल यात्रीको टोली छिन्नमस्ता शक्तिपीठ हुँदै राजविराजको राजदेवी मन्दिरमा दर्शन पश्चात मैथिली साहित्य परिषद्द्वारा औपचारिक रुपमा साइकल यात्रीहरुलाई शुभकामनासहित विदाई गरिने कार्यक्रम तय भएको प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल ‘भरोसी’ले जानकारी दिएका छन् ।

    राजविराज÷मिथिला साहित्य कला प्रतिष्ठानको आयोजना तथा मैथिली साहित्य परिषद् राजविराज समेतको सहयोगमा आगामी साउन २१ गतेदेखि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित बिरपुर गाउँबाट सामुहिक ‘मिथिला देवघर साइकल यात्रा २०७६ शुभारम्भ हुने भएको छ ।
    जिल्ला समन्वय समिति सप्तरीको प्राङ्गणमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिथिला देवघर यात्राको उद्देश्यबारे प्रतिष्ठानका सह–सचिव समेत रहेका चर्चित लोकगायक सुभाष बिरपुरियाले जानकारी दिएका छन् ।
    मैथिली भाषाको विषयमा थप प्रचार–प्रसार तथा एक–आपसमा सम्वन्ध विस्तारका साथै मैथिली लोकगायन परम्परा एवम् शैलीको आदान–प्रदान र मैथिली भाषा, साहित्य, कला, संस्कृती समेतको क्षेत्रमा जागरण ल्याउने उद्देश्यका साथ यात्रा प्रारम्भ हुन लागेको उनले जानकारी दिए ।
    नेपालको मैथिली भाषी क्षेत्र तथा मित्रराष्ट्र भारतको विभिन्न राज्यहरुमा बोलिने मैथिली भाषा बिचको समानताबारे ठाउँठाउँमा विचार मन्थन समेत गरिने उनले जानकारी दिए ।
    राजविराजबाट ३ सय ३८ किलोमीटरको दुरीमा रहेको देवघर यात्राकालागि १५ दिनको समय तय गरिएको छ । बिरपुरको गाउँबाट डिहबार थानमा पूजाआजा गरी २७ जना साइकल यात्रीको टोली छिन्नमस्ता शक्तिपीठ हुँदै राजविराजको राजदेवी मन्दिरमा दर्शन पश्चात मैथिली साहित्य परिषद्द्वारा औपचारिक रुपमा साइकल यात्रीहरुलाई शुभकामनासहित विदाई गरिने कार्यक्रम तय भएको प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल ‘भरोसी’ले जानकारी दिएका छन् ।
    उनका अनुसार मिथिला देवघर यात्राकालागि चर्चित साहित्यकार एवम् मैथिली अभियन्ता प्राज्ञ धीरेन्द्र प्रेमर्षी, छिन्नमस्ता गाउँपालिका–१ का बिरपुर निवासी ललन कुमार यादव लगायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 
    यात्रामा सुभाष प्रसाद यादव (बिरपुरिया), नारायण यादव, बद्रीनारायण यादव, सूर्यनारायण यादव, बिसुनदेव यादव, योगेन्द्र प्रसाद यादव, श्यामदेव यादव, सकलदेव यादव, विश्वनाथ यादव, देवेन्द्र यादव, राजा यादव, शंकर यादव, दिलिप यादव, लालबहादुर यादव, भुवनेश्वर यादव, सरोज राम, जयकृष्ण राम, देवकुमार राम, बोकाई राम, दरोगा राम, विरेन्द्र कुमार राम, रामदेव मोची, विनोद राम, हरेराम यादव र प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल सहभागी हुने तय भएको छ । उक्त यात्रामा यात्रीको संख्या अझैं बढ्नसक्ने आयोजक समितिको अनुमान छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
सडकमै ढलेर बृद्धको मृत्यु 
सडकमै ढलेर बृद्धको मृत्यु 
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन