बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ

राजविराज राजविराज
|
सोमबार, कार्तिक ८, २०७८
|
|
३५ पटक हेरिएको
Shares
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ

सारांश

  •     बैंकको राजविराज शाखामा प्रदेश प्रमुख महासेठले सोमबार संचारकर्मीहरुसँग भेटघाट गर्दै कुनै पनि ऋणीको एक पैसा पनि बढी ब्याज नलिएको भन्दै ऋण चुक्ता गर्ने बेलामा कम्प्युटर सिस्टममा प्राविधिक गडबडी आएकोले फुकुवापत्र दिइसकेर चुक्ता गरिएको ऋण वापतको ब्याज र जरिवाना लिएको जानकारी दिए ।
  •     उनले बैंकबाट कुनै पनि ग्राहकले ऋण लिन्छ, सो बेलामा गरिने सम्झौता पत्रमा ऋण चुक्ता गरिसकेपनि भुलवस कुनै त्रृटीले ब्याज लिन छुट भएमा बैंकले सो ब्याज जहिलेपनि लिन सक्ने प्रावधान रहेको बताए ।
  •     बैंकले ग्राहकलाई कुनै अभद्र ब्यवहार नगरेको उल्लेख गर्दै प्रदेश प्रमुख महासेठले बैंकले जहिलेपनि ग्राहक सन्तुष्ट पार्ने काम गर्ने गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
    सनराइज बैंक लिमिटेड प्रदेश २ का प्रमुख रोहित महासेठले बैंकले कुनै ग्राहकलाई ठग्ने काम नगरेको स्पष्ट पारेका छन् ।
    बैंकको राजविराज शाखामा प्रदेश प्रमुख महासेठले सोमबार संचारकर्मीहरुसँग भेटघाट गर्दै कुनै पनि ऋणीको एक पैसा पनि बढी ब्याज नलिएको भन्दै ऋण चुक्ता गर्ने बेलामा कम्प्युटर सिस्टममा प्राविधिक गडबडी आएकोले फुकुवापत्र दिइसकेर चुक्ता गरिएको ऋण वापतको ब्याज र जरिवाना लिएको जानकारी दिए ।


    उनले बैंकबाट कुनै पनि ग्राहकले ऋण लिन्छ, सो बेलामा गरिने सम्झौता पत्रमा ऋण चुक्ता गरिसकेपनि भुलवस कुनै त्रृटीले ब्याज लिन छुट भएमा बैंकले सो ब्याज जहिलेपनि लिन सक्ने प्रावधान रहेको बताए ।
    बैंकले ग्राहकलाई कुनै अभद्र ब्यवहार नगरेको उल्लेख गर्दै प्रदेश प्रमुख महासेठले बैंकले जहिलेपनि ग्राहक सन्तुष्ट पार्ने काम गर्ने गरेको बताए । उनले बैंकका कारण ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरे ।
    यसअघि सप्तरीको बोदेबरसाइन नगरपालिका ५ स्थित मनि किराना पसलका संचालक कृष्णदेव भगतले बैंकको सबै ऋण चुक्ता गरिसकेर फुकुवापत्र दिइसकेपछि पनि पुन: ब्याज र जरिवाना लिएको भन्दै आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएका थिए ।
    पसल संचालक भगतले राजविराजस्थित सनराइज बैंक लिमिटेडमा जग्गा धितो राखी लिएको २ करोड ५० लाख ऋण झण्डै चार महिनाअघि नै चुक्ता गरि गत असार १३ गते फुकुवापत्र समेत पाइसकेको अवस्थामा बैंकले आफूलाई कुनै जानकारी नै नदिई खाताबाट ४ लाख ४७ हजार १ सय ६५ रुँपैया कट्टा गरेको बताएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?