राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिकाले मुख्य बजार पातो चौक तथा आसपासका सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको संरचना शनिबारदेखी डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
लामो समयदेखी जग्गा विवादका कारण अतिक्रमित जग्गा खाली गराउन नसकेको नगरपालिकाले पछिल्लो पटक सर्वोच्च अदालतको फैसला आएपछी अतिक्रमित जग्गा खाली गराउन सुरु गरेको हो ।
निजि र सार्वजनिक जग्गाको विषयलाई लिएर सप्तरी जिल्ला अदालत, तत्कालिन पुनरावेदन अदालत राजविराज हुँदै सर्वोच्चमा पुगेको उक्त मुद्दामा सार्वेच्च अदालतले सार्वजनिक जग्गा नै भएको ठहर गरेपछी अवैध संरचना हटाउन सुरु गरिएको नगरप्रमुख रामलखन मुखियाँको भनाई छ ।
सर्वोच्च अदालतको आदेश आइसकेपछी सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको पाइएपछी नगरपालिका डोजर चलाउन बाध्य भएको उनको कथन छ ।
अवैध संरचना हटाउन ९औं पल्ट दिएको सूचनाको म्याद बित्दा समेत बेवास्ता गरिएपछि डोजर चलाउनु परेको उनले बताए । सर्वोच्च अदालतले सार्वजनिक जग्गा मिचिएको भनी टुंगो लगाएपछी अतिक्रमण हटाउन सहज भएको र पहिलो दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको नगर प्रहरी तथा भरभलादमी समेतको सहयोगमा सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका चार वटा पक्की घरसहित ५२ वटा घर टहरा भत्काइएको उनले जानकारी दिएका छन् ।
सार्वजनिक जग्गा तथा सडक मिचेर बनाइएका १० वटै वडाका अवैध संरचना पनि क्रमशः भत्काउँदै जाने उनले जनाएका छन् ।
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
सारांश
- सर्वोच्च अदालतको आदेश आइसकेपछी सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको पाइएपछी नगरपालिका डोजर चलाउन बाध्य भएको उनको कथन छ ।
- अवैध संरचना हटाउन ९औं पल्ट दिएको सूचनाको म्याद बित्दा समेत बेवास्ता गरिएपछि डोजर चलाउनु परेको उनले बताए ।
- सर्वोच्च अदालतले सार्वजनिक जग्गा मिचिएको भनी टुंगो लगाएपछी अतिक्रमण हटाउन सहज भएको र पहिलो दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको नगर प्रहरी तथा भरभलादमी समेतको सहयोगमा सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका चार वटा पक्की घरसहित ५२ वटा घर टहरा भत्काइएको उनले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया