नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन

राजविराज राजविराज
|
आइतबार, माघ १५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन

सारांश

  •     विभिन्न तौल समुहमा पुरुष तर्फ ३ र महिला तर्फ १ प्रतिस्पर्धा भएकोमा पुरुष तर्फका सबै प्रतिस्पर्धा नेपाली पहलमानहरुले जीतेका छन् ।
  • महिला तर्फ भएको एक खेलमा भने भारतीय खेलाडी विजयी भएका छन् ।
  •       दोश्रो दिनको खेलमा नेपालका वसन्त थापा (बाके), रोहित थापा (बाके) र बाबा यादव (पर्सा) ले क्रमश भारतका जल्लाद सिंह (बिहार), सन्ता सिंह (बिहार ) र सोनु गुजर (हरियाणा) लाई पराजीत गरे ।

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 

    स्व.साकेत चन्द्र मिश्रको स्मृति एवं सम्मानमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जारी १३ औं अन्तराष्ट्रिय महिला तथा पुृरुष कुश्ती प्रतियोगिताको दोश्रो दिन आईतवार नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् । 
    विभिन्न तौल समुहमा पुरुष तर्फ ३ र महिला तर्फ १ प्रतिस्पर्धा भएकोमा पुरुष तर्फका सबै प्रतिस्पर्धा नेपाली पहलमानहरुले जीतेका छन् । महिला तर्फ भएको एक खेलमा भने भारतीय खेलाडी विजयी भएका छन् । 
    दोश्रो दिनको खेलमा नेपालका वसन्त थापा (बाके), रोहित थापा (बाके) र बाबा यादव (पर्सा) ले क्रमश भारतका जल्लाद सिंह (बिहार), सन्ता सिंह (बिहार ) र सोनु गुजर (हरियाणा) लाई पराजीत गरे । 
    महिला तर्फ भने भारत (हरियाणा) कि नेहा सिंहले नितु गुजर (बिहार) लाई पाखा लगाईन । पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका स्व.साकेतचन्द्र मिश्रको स्मृती एवं सम्मानमा उक्त प्रतियोगिता सरस्वती पुजाको अवसर पारेर विगत १३ वर्ष देखि निरन्तर संचालन हुदै आएको आयोजक समितीका अध्यक्ष अजित कुमार मिश्र (पप्पु) ले जानकारी दिए । 
    चार दिन सम्म चल्ने प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका १८ महिला र ४२ पुृरुष खेलाडी सहभागी रहेको आयोजक समितीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन