दैनिक समाचारदाता
राजविराज, १९ असार ।
मिटरब्याजी रामदेव साह र उनका परिवारबाट पीडित भएकाहरुद्वारा गठित संघर्ष समितिले आइतबार जिल्ला अदालत सप्तरी अगाडी प्रदर्शन गरेका छन् ।
साह परिवारबाट पीडितहरुले न्याय खोज्दै अदालत बाहिर प्रदर्शन गरेका हुन् ।
सप्तरीको खडक नगरपालिका ६ कल्याणपुर निवासी रामदेव साह र उनका परिवारले सुन, चाँदीका गरगहाना र जग्गा बन्धकी राखेर चर्को मिटरब्याज असुली गरेको पीडितहरुको भनाई छ ।
मिटरब्याजी रामदेव साह परिवारबाट पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक छेदी पासवानले रकम फिर्ता गर्दा पनि गरगहना र जग्गा फिर्ता नगरि आफूहरुको उठिवास गराएको भन्दै न्यायका लागि अदालत अगाडी शान्तिपूर्ण प्रदर्शन गरेको बताए ।
पक्राउ पूर्जी समेत जारि भइसकेका रामदेव भने अहिलेसम्म पक्राउ परेका छैनन् । उनलाई पक्राउ गर्न दबाब दिन पनि स्थानिय प्रशासन र अदालत अगाडी प्रदर्शन गर्नुपरेको अर्का पीडित तैयब अलिले बताए ।
प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई २२ दिन अघि पक्राउ गरि दुबैमाथी ठगि तथा विश्वासघात कसुर अन्तरगत अनुसन्धान गर्न अदालतबाट पटक पटक म्याद थप गरेको छ ।
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
सारांश
- साह परिवारबाट पीडितहरुले न्याय खोज्दै अदालत बाहिर प्रदर्शन गरेका हुन् ।
- सप्तरीको खडक नगरपालिका ६ कल्याणपुर निवासी रामदेव साह र उनका परिवारले सुन, चाँदीका गरगहाना र जग्गा बन्धकी राखेर चर्को मिटरब्याज असुली गरेको पीडितहरुको भनाई छ ।
- मिटरब्याजी रामदेव साह परिवारबाट पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक छेदी पासवानले रकम फिर्ता गर्दा पनि गरगहना र जग्गा फिर्ता नगरि आफूहरुको उठिवास गराएको भन्दै न्यायका लागि अदालत अगाडी शान्तिपूर्ण प्रदर्शन गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया