वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 

राजविराज राजविराज
|
बुधबार, जेठ ८, २०७६
|
|
५८ पटक हेरिएको
Shares
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 

सारांश

  •     जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षता तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सामी हेल्भेटास्को आयोजनामा बुधबार आयोजित बैदेशिक रोजगार प्रवद्र्धनका लागि एक दिने अन्तरपालिका स्तरिय बैठकबाट आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरिएको हो ।
  •       सम्पन्न बैठकमा वक्ताहरुले नेपाल सरकारले वैदेशिक रोजगार ऐन संशोधनगरि एजेन्टको व्यवस्था खारेज गरे पनि स्थानिय समुदायका युवाहरु वैदेशिक रोजगारीमा जाँदा गैर कानुनी रुपमा काम गर्ने दलाल मार्फत जाने गर्दा समस्यामा पर्ने गरेकाले वैदेशिक रोजगार ऐन अनुरुप नै वैदेशिक रोजगारलाई सुरक्षित तथा मर्यादित बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
  •       बैठकमा सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले वैदेशिक रोजगारले रोजगारी सृजना गरेकोले धेरै सकारात्मक पक्षहरु हुदाहुदै पनि जिल्लाबाट बैदेशिक रोजगारमा जाने युवाहरु दलाललाई अत्याधिक विश्वास गर्ने गरेको र सूचना नलिई जाने गरेकोले तथा सीप अभावले यूवाहरु ठगिमा पर्ने प्रबृती समेत बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 
    वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका जटिल प्रकृतिका समस्यामा परि पीडित तथा आश्रित परिवारलाई आवश्यक सहयोग गर्न सप्तरीमा आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरिएको छ । 
    जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षता तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सामी हेल्भेटास्को आयोजनामा बुधबार आयोजित बैदेशिक रोजगार प्रवद्र्धनका लागि एक दिने अन्तरपालिका स्तरिय बैठकबाट आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरिएको हो । 
    सम्पन्न बैठकमा वक्ताहरुले नेपाल सरकारले वैदेशिक रोजगार ऐन संशोधनगरि एजेन्टको व्यवस्था खारेज गरे पनि स्थानिय समुदायका युवाहरु वैदेशिक रोजगारीमा जाँदा गैर कानुनी रुपमा काम गर्ने दलाल मार्फत जाने गर्दा समस्यामा पर्ने गरेकाले वैदेशिक रोजगार ऐन अनुरुप नै वैदेशिक रोजगारलाई सुरक्षित तथा मर्यादित बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । 
    बैठकमा सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले वैदेशिक रोजगारले रोजगारी सृजना गरेकोले धेरै सकारात्मक पक्षहरु हुदाहुदै पनि जिल्लाबाट बैदेशिक रोजगारमा जाने युवाहरु दलाललाई अत्याधिक विश्वास गर्ने गरेको र सूचना नलिई जाने गरेकोले तथा सीप अभावले यूवाहरु ठगिमा पर्ने प्रबृती समेत बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले गैर कानुनी रुपमा ठगि गरेका कैयौं दलालहरुलाई ठगि मुद्दा समेत चलाईएको जानकारी दिए । 
    आर्थिक रुपमा विपन्न व्यक्तिहरु रोजगारीका लागि विदेश जाने गरेको तर, विभिन्न कारणले समस्या पर्दा घर फर्कन नसक्ने, श्रम अवधी कटेका आश्रित परिवारले आर्थिक सहायता तथा क्षतिपुर्ती नपाउने र तीनका परिवारका वालवालिकाहरुको शैक्षिक विकासमा सहयोग गर्न नसकिने लगायतका अवस्थाहरु देखिएकाले जिल्लाका सबै स्थानिय सरकारले संयुक्त रुपमा आकस्मिक कोष निर्देशिका बनाई प्रथम चरणमा प्रति स्थानिय सरकार १ लाखका दरले जम्मा गरि कोषको स्थापना गर्न सहमति भएको जनाइएको छ । 
    त्यसैगरि स्थानिय सरकारले वैदेशिक रोजगारीमा जाने, अनुभव लिई फर्केका र तिनका परिवारका सदस्यलाई लक्षित गरि सीप विकास गर्नुको साथै उत्पादन मुलक क्षेत्रमा विप्रेषणको प्रयोग गर्ने विषयमा समेत जोड दिएका थिए । 
    वैदेशिक रोजगारीका लागि करिब ७ बर्ष अधि गएको साविक बरही विरपुर वडा नं. ३ बस्ने महेश सदालाई मलेशियाबाट तत्काल उद्धार गर्नुपर्ने र सोका लागि आप्रवासी श्रोतकेन्द्रले निरन्तर प्रयास गर्दै आएको विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो । 
    स्थानिय सरकारका प्रमुख तथा प्रशासकिय अधिकृतहरुको सहभागितामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख राजेन्द्र विष्ट, गैर सरकारी संस्था महासंघ तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरी, सामी हेल्भेटास नेपालकाका प्रतिनिधी सहितको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न
शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
बट सावित्री पर्व मनाइयो 
बट सावित्री पर्व मनाइयो 
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी