विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर

राजविराज राजविराज
|
शनिबार, आषाढ ७, २०७६
|
|
१२० पटक हेरिएको
Shares
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर

सारांश

  •     महासंघले तेश्रो चरणको आन्दोलन कार्यक्रम अन्तरगत प्रेस स्वतन्त्रताको पक्षमा मंगलबारदेखी हस्ताक्षर अभियान शुरु गरेको थियो ।
  •     सदरमुकाम राजविराजस्थित पत्रकार महासंघको कार्यालयबाट शाखा सभापति जितेन्द्र खड्गा तथा महासंघका केन्द्रिय सदस्य अवधेश झाको अगुवाईमा हस्ताक्षर संकलन गरिएको ब्यानरसहित निस्केको संचारकर्मीहरुको जुलुसले बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ब्यानर बुझाएको हो ।
  •       प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संकलित हस्ताक्षर ब्यानर बुझेर तत्कालै सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील विधेयक फिर्ता लिन माँग गर्दै थालेको तिन दिने हस्ताक्षर संकलन अभियानको शुक्रबार समापन गर्दै संकलित हस्ताक्षर ब्यानर प्रधानमन्त्रीलाई बुझाएको छ । 
    महासंघले तेश्रो चरणको आन्दोलन कार्यक्रम अन्तरगत प्रेस स्वतन्त्रताको पक्षमा मंगलबारदेखी हस्ताक्षर अभियान शुरु गरेको थियो ।
    सदरमुकाम राजविराजस्थित पत्रकार महासंघको कार्यालयबाट शाखा सभापति जितेन्द्र खड्गा तथा महासंघका केन्द्रिय सदस्य अवधेश झाको अगुवाईमा हस्ताक्षर संकलन गरिएको ब्यानरसहित निस्केको संचारकर्मीहरुको जुलुसले बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ब्यानर बुझाएको हो । 
    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संकलित हस्ताक्षर ब्यानर बुझेर तत्कालै सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 
    सो अवसरमा महासंघका केन्द्रिय सदस्य झाले मिडिया काउन्सील विधेयकमा भएका प्रेस स्वतन्त्रता कुन्ठित गर्ने प्रावधान सरकारले फिर्ता नलिएसम्म विभिन्न खालका आन्दोलन जारि रहने बताएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेहा प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षती
नेहा प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षती
पत्थरगाढामा ग्लोबल बैंक संचालन
लिटिल एन्जेल फाईनलमा प्रवेश
लिटिल एन्जेल फाईनलमा प्रवेश
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका  उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी
दुई देशको नागरिकता लिएको आरोपमा डाक्नेश्वरीका  उपप्रमुख र उनका पति बिरुद्ध पक्राउ पूर्जी जारी
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन