दैनिक समाचारदाता
राजविराज, ९ असार ।
एकै परिवारका दृष्टिबिहीन सबै सदस्यलाई हेल्प मेधशी साउदी अरबले खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा कट्टी टोलका दृष्टिबिहीन शम्भु मण्डलको परिवारलाई सो संस्थालाई सोमबार घरमै पुगि खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको हो ।
शम्भु मण्डलसहित उनका पत्नी सुकमारी देवी, भाई शिवनारायण मण्डल, लक्ष्मण मण्डल र भाई बुहारी गितादेवी मण्डल तथा जयकलादेवी मण्डल सबै दृष्टिबिहीन छन् ।
विभिन्न संचारमाध्यम मार्फत दृष्टिबिहीन मण्डल परिवारको पीडा बारे पीडा थाहा पाएपछि सहयोग जुटाउँदै मण्डल परिवारको घर पुगेको हेल्प मधेशी साउदी अरब शाखाका अध्यक्ष कमलदेव साहले बताए ।
दृष्टिबिहीन परिवार नगद ६ हजारका साथै चामल, दाल, तेल, नुन, च्युरा, मुरहीलगायतका खाद्यान्न सामाग्रि प्रदान गरेको छ । सो अवसरमा हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष रामउदगार यादव, केन्द्रिय सदस्य नरेश मण्डल, जिल्ला अध्यक्ष रिणा झा, कार्यक्रम संयोजक प्रमोद शर्मा तथा वडा अध्यक्ष उमेश कुमार यादवको उपस्थिति रहेको थियो ।
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा कट्टी टोलका दृष्टिबिहीन शम्भु मण्डलको परिवारलाई सो संस्थालाई सोमबार घरमै पुगि खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको हो ।
- शम्भु मण्डलसहित उनका पत्नी सुकमारी देवी, भाई शिवनारायण मण्डल, लक्ष्मण मण्डल र भाई बुहारी गितादेवी मण्डल तथा जयकलादेवी मण्डल सबै दृष्टिबिहीन छन् ।
- विभिन्न संचारमाध्यम मार्फत दृष्टिबिहीन मण्डल परिवारको पीडा बारे पीडा थाहा पाएपछि सहयोग जुटाउँदै मण्डल परिवारको घर पुगेको हेल्प मधेशी साउदी अरब शाखाका अध्यक्ष कमलदेव साहले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया