अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ

राजविराज राजविराज
|
आइतबार, चैत्र १, २०८२
|
|
४४ पटक हेरिएको
Shares
अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ

सारांश

  •     प्रहरीले अटोबाट एक क्विन्टल ११ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा समेत बरामद गरेको छ ।
  •     प्रहरीका अनुसार शनिबार राति ८ बजेतिर तिरहुत गाउँपालिका वडा नं.
  • २ बडहारामा कञ्चनपुरबाट डिमन तर्फ जाँदै गरेको प्र.

दैनिक समाचारदाता
राजविराज, १ चैत ।

    यात्रु बोक्ने अटो रिक्सामा गाँजा तस्करी गर्दै गरेको अवस्थामा सप्तरी प्रहरीले एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ । 
    प्रहरीले अटोबाट एक क्विन्टल ११ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा समेत बरामद गरेको छ ।
    प्रहरीका अनुसार शनिबार राति ८ बजेतिर तिरहुत गाउँपालिका वडा नं. २ बडहारामा कञ्चनपुरबाट डिमन तर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रिक्सालाई चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको हो । 
    तीन वटा सेतो रङ्गको बोरामा राखिएको उक्त गाँजाको तौल गर्दा एक क्विन्टल ११ किलो ८ सय ग्राम भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । 
    उक्त लागुऔषध गाँजा ओसारपसार कार्यमा संलग्न अटो चालक कञ्चनरुप नगरपालिका वडा नम्बर ७ सितापुर टोल बस्ने ४२ बर्षीय जामुन महतो तथा सोही वडा निवासी २८ बर्षीया कविता कुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    पक्राउ परेका दुबैजनालाई आइतबार सप्तरी जिल्ला अदालतबाट लागुऔषध कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट बाट सात दिनको म्याद थपी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस  
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस  
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह
सप्तरीमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक अभाव
सप्तरीमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक अभाव
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना