पौडी खेल्न खोज्दा एकको ज्यान गयो

राजविराज राजविराज
|
बिहिबार, जेठ १९, २०७९
|
|
५० पटक हेरिएको
Shares
पौडी खेल्न खोज्दा एकको ज्यान गयो

सारांश

  •     तीन जना साथीसहित हामफालेर पौडी खेल्न खोज्दा उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिस्वाका ३२ वर्षिय प्रविण खत्रीको ज्यान गएको हो ।
  •       पौडी खेल्न हामफालेको स्थलबाट करिब ३ सय मिटर पूर्व उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
  •       पौडी खेल्न आफूहरुसँगै हामफालेका खत्री वेपत्ता भएपछि उनकै साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १९ जेठ । 
    त्रियुगा नदीमा पौडी खेल्न गएका तीन जना मध्ये एक जनाको डबेर ज्यान गएको छ । 
    तीन जना साथीसहित हामफालेर पौडी खेल्न खोज्दा उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिस्वाका ३२ वर्षिय प्रविण खत्रीको ज्यान गएको हो । 
    पौडी खेल्न हामफालेको स्थलबाट करिब ३ सय मिटर पूर्व उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    पौडी खेल्न आफूहरुसँगै हामफालेका खत्री वेपत्ता भएपछि उनकै साथीहरुले प्रहरीलाई खबर गरेका थिए । 
    सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरस्थित प्रहरी चौकीका प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा खोजतलास गर्दा दुई घण्टाको प्रयासपछि उनको शव फेला परेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?