बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 

राजविराज राजविराज
|
मंगलबार, पौष ५, २०७९
|
|
५१ पटक हेरिएको
Shares
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 

सारांश

  •     बुवा–बाजेको पालादेखी नगरपालिकामा बुझाएको करका आधारमा भोग चलन गर्दै आएको बिटौरी जग्गा समस्या पर्दा बैंक तथा वित्तिय संस्थामा राख्न नपाउँदा उनीहरु पीडा खेप्न बाध्य भएका हुन् ।
  •       राजविराज मुख्य बजार मेनरोड र आसपासको टोल रहेको ६८ विगहा जग्गा पछिल्लो ५ वर्षदेखी सरकारले बिक्रि बितरण गर्न र बैंकमा राख्न रोक लगाएपछि यस्तो समस्या उत्पन्न भएको हो ।
  • पाँच वर्ष अघिसम्म उक्त जग्गा बेचविखन गर्न तथा समस्या पर्दा ऋण वापत बैंकमा धितो राख्न सक्ने व्यवस्था थियो ।

दैनिक समाचारदाता
राजविराज, ४ पुस । 

    राजविराज नगरपालिका क्षेत्रभित्रका ५ हजार परिवार बर्षौदेखी बिटौरी जग्गा समस्या समाधान नहुँदा पीडा खेप्दै आएका छन् ।
    बुवा–बाजेको पालादेखी नगरपालिकामा बुझाएको करका आधारमा भोग चलन गर्दै आएको बिटौरी जग्गा समस्या पर्दा बैंक तथा वित्तिय संस्थामा राख्न नपाउँदा उनीहरु पीडा खेप्न बाध्य भएका हुन् । 
    राजविराज मुख्य बजार मेनरोड र आसपासको टोल रहेको ६८ विगहा जग्गा पछिल्लो ५ वर्षदेखी सरकारले बिक्रि बितरण गर्न र बैंकमा राख्न रोक लगाएपछि यस्तो समस्या उत्पन्न भएको हो । पाँच वर्ष अघिसम्म उक्त जग्गा बेचविखन गर्न तथा समस्या पर्दा ऋण वापत बैंकमा धितो राख्न सक्ने व्यवस्था थियो । लालपूर्जा नरहेको तथा भूमि व्यवस्था तथा मालपोत कार्यालयले रोक्क ागर्न बन्द गरेपछि बैंकले धितो राख्न अस्विकार गर्दै आएकाले आफूहरु समस्यामा परेको नगरवासीको भनाई छ । 
    विगत पाँच वर्षदेखी लालपूर्जा नपाएको र नगरपालिकाबाट नक्सापास तथा मालपोत कार्यालयबाट रोक्का प्रक्रिया समेत रोकिएपछि समस्यामा परेको व्यवसायी अभिषेख जोशीले बताए ।
    विगत पाँच वर्षदेखी श्रेस्ता र कम्प्युटरमा कुनै रेकर्ड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि समस्या पर्दा बैंक तथा वित्तिय संस्थाबाट पाउनु पर्ने ऋण पाउन नसकि विचल्ली भएको राजविराज ७ का उमाशंकर साहले दुखेसो पोखे । 
    बैंकले त्यस्तो जग्गा अस्विकार गर्दा समस्याका बेला चर्को मिटरबयाजमा ब्यक्तिहरुसित ऋण लिन बाध्य भएको राजविराज ३ का मो. हैदरले सुनाए ।    
    सरकारले बिटौरी जग्गाको कारोबारमा लामो समयदेखी रोक लगाएपछि सन्तानको उच्च शिक्षा र गम्भिर बिरामी पर्दा खर्च जुटाउनुका साथै ब्यापार व्यवसाय गर्न समेत समस्या भएको तरकारी ब्यवसायी गोपाल महतोले सुनाए । 
    राजविराज नगरपालिकाको बिटौरी जग्गा सम्बन्धी फाँटका प्रमुख मो. आलमले विगतमा बिटौरी रसिदकै आधारमा जग्गा रोक्का र फुकुवा कार्य हुँदै आएकोमा सरकारले बिटौरी जग्गाको खरीद बिक्रिमा रोक लगाएपछि समस्या भएको स्विकारे ।
    नापी कार्यालय सप्तरीका प्रमुख शत्रुहन प्रसाद यादवले राजविराजको बिटौरी जग्गा बारे जग्गाधनीबाट निकै गुनासाहरु आइरहेपनि प्राविधिक कारणले समाधान गर्न नसकिएको बताए । उनले उक्त जग्गाहरुको आफूहरुसँग तथ्याङ्क आइनपुगेकाले समस्या भएको र समाधानका लागि पहल थालिसकेको जानकारी दिएका छन् । 
    मालोपोत कार्यालय सप्तरीका प्रमुख रामनारायण शर्माले उक्त जग्गाबारे आफ्नो कार्यालयमा तथ्याङ्क नरहेको जानकारी दिए । उनले विगतमा नगरपालिकामा रहेको श्रेस्ताकै आधारमा जग्गाको रोक्का र फुकुवा गर्दै आएको तर हाल सरकारले नै रोक लगाएपछि समस्या भएको बताए ।
    विटौरी जग्गा प्रत्येक चुनावमा उम्मेदवारहरुको चुनावी एजेण्डा बन्ने गरेको छ । तर, कार्यान्वयनमा आउन सकेको छैन् । स्थानय निर्वाचन तथा हालै सम्पन्न संसदीय निर्वाचनमा समेत विभिन्न राजनीतिक दल र तिनका उम्मेदवारले आ–आफ्नो प्रतिबद्धता पत्रमा उक्त समस्यालाई प्रमुख एजेण्डा बनाएका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रथम मेयर गोल्डकप सुरु
प्रथम मेयर गोल्डकप सुरु
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 
माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो 
वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
तिलाठीका किसानलाई अनुदानमा कुट्टी काट्ने मेशिन वितरण
तिलाठीका किसानलाई अनुदानमा कुट्टी काट्ने मेशिन वितरण