पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

राजविराज राजविराज
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
७० पटक हेरिएको
Shares
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

सारांश

  •     पत्रकार महासंघले उठाएका दुबै माग वार्ताको माध्यमले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
  •     जारि विज्ञप्तिमा मंगलबार भएको वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गल्ती भएको भन्दै माफी समेत मागेको तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटी नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको उल्लेख छ ।
  •     त्यस्तै पत्रकार मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयम सप्तरीमा २०८० साउन १५ गते घटेको घट्ना सम्बन्धमा प्रचलित कानून अनुसार कारवाही गरी नेपाल पत्रकार महासंघ सप्तरीलाई जानकारी गराउने प्रतिबद्धता जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीले घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम मंगलबारको मितिबाट स्थगित गरेको जनाएको छ । 
    पत्रकार महासंघले उठाएका दुबै माग वार्ताको माध्यमले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
    जारि विज्ञप्तिमा मंगलबार भएको वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गल्ती भएको भन्दै माफी समेत मागेको तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटी नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको उल्लेख छ ।
    त्यस्तै पत्रकार मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयम सप्तरीमा २०८० साउन १५ गते घटेको घट्ना सम्बन्धमा प्रचलित कानून अनुसार कारवाही गरी नेपाल पत्रकार महासंघ सप्तरीलाई जानकारी गराउने प्रतिबद्धता जनाइएको छ ।
    सोही विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयले पटक–पटक वार्ताका निम्ति पत्र पठाएको र ३० गते मंगलबार आयोजित धर्नास्थलमै आएर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले वार्ताका निम्ति अनुरोध गरेपछि विङ्सका नेतृत्वसँग समेत सल्लाह गरेर पत्रकार महासंघका पदाधिकारी र सदस्य वार्तामा बसेको जनाइएको छ । 
    महासंघको आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जनाउने. सम्पूर्ण पत्रकार, सरोकारबालाका साथै ऐक्यवद्धता जनाउने विभिन्न संघ संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन समेत गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साउन २३ गते जारी गरेको सूचनाले संविधान विपरित प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको ठहर गर्दे विगत ६ दिनदेखी पत्रकार महासंघ आन्दोलनमा रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
एक दर्जन नेपाली भारतमा सम्मानित 
एक दर्जन नेपाली भारतमा सम्मानित 
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि 
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि 
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो