दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम मंगलबारको मितिबाट स्थगित गरेको जनाएको छ ।
पत्रकार महासंघले उठाएका दुबै माग वार्ताको माध्यमले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
जारि विज्ञप्तिमा मंगलबार भएको वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गल्ती भएको भन्दै माफी समेत मागेको तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटी नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको उल्लेख छ ।
त्यस्तै पत्रकार मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयम सप्तरीमा २०८० साउन १५ गते घटेको घट्ना सम्बन्धमा प्रचलित कानून अनुसार कारवाही गरी नेपाल पत्रकार महासंघ सप्तरीलाई जानकारी गराउने प्रतिबद्धता जनाइएको छ ।
सोही विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयले पटक–पटक वार्ताका निम्ति पत्र पठाएको र ३० गते मंगलबार आयोजित धर्नास्थलमै आएर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले वार्ताका निम्ति अनुरोध गरेपछि विङ्सका नेतृत्वसँग समेत सल्लाह गरेर पत्रकार महासंघका पदाधिकारी र सदस्य वार्तामा बसेको जनाइएको छ ।
महासंघको आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जनाउने. सम्पूर्ण पत्रकार, सरोकारबालाका साथै ऐक्यवद्धता जनाउने विभिन्न संघ संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन समेत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साउन २३ गते जारी गरेको सूचनाले संविधान विपरित प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको ठहर गर्दे विगत ६ दिनदेखी पत्रकार महासंघ आन्दोलनमा रहेको थियो ।
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
सारांश
- पत्रकार महासंघले उठाएका दुबै माग वार्ताको माध्यमले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
- जारि विज्ञप्तिमा मंगलबार भएको वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गल्ती भएको भन्दै माफी समेत मागेको तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटी नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको उल्लेख छ ।
- त्यस्तै पत्रकार मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयम सप्तरीमा २०८० साउन १५ गते घटेको घट्ना सम्बन्धमा प्रचलित कानून अनुसार कारवाही गरी नेपाल पत्रकार महासंघ सप्तरीलाई जानकारी गराउने प्रतिबद्धता जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया