स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव

राजविराज राजविराज
|
बुधबार, माघ २८, २०७७
|
|
२३ पटक हेरिएको
Shares
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव

सारांश

  •     असंबैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदम बिरुद्ध बुधबार सप्तरीको महदेवा गाउँपालिका डाढास्थित आयोजित जनप्रदर्शन तथा बिरोधसभालाई सम्बोधन उनले सो आरोप लगाएका हुन् ।
  •       सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संसद भंग भएपछि कामचलाउ सरकार हुनुपर्नेमा अहिले ओली सरकार आफूलाई कामचलाउ सरकार नभन्नुमा राष्ट्रपतिले पनि साथ दिइरहेको आरोप लगाए ।
  •       निर्वाचनको मिति तोकेर मन्त्रीपरिषद् बिस्तार, कर्मचारीको सरुवा, संबैधानिक अंगहरुमा नियुक्तिलगायतका काम गरेर प्रधानमन्त्रीले चुनावको बहानामा मुलुकमा मुठभेढको अवस्था सृजना गरि आपतकालिन घोषणा गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 
    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमै उल्लेख नभएको भन्दै प्रधानमन्त्रीले आफ्नो स्वेच्छाधारी रुपले विघटन गरेर तानाशाही बन्न खोजेको आरोप लगाएका छन् ।  
    असंबैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदम बिरुद्ध बुधबार सप्तरीको महदेवा गाउँपालिका डाढास्थित आयोजित जनप्रदर्शन तथा बिरोधसभालाई सम्बोधन उनले सो आरोप लगाएका हुन् । 
    सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संसद भंग भएपछि कामचलाउ सरकार हुनुपर्नेमा अहिले ओली सरकार आफूलाई कामचलाउ सरकार नभन्नुमा राष्ट्रपतिले पनि साथ दिइरहेको आरोप लगाए । 
    निर्वाचनको मिति तोकेर मन्त्रीपरिषद् बिस्तार, कर्मचारीको सरुवा, संबैधानिक अंगहरुमा नियुक्तिलगायतका काम गरेर प्रधानमन्त्रीले चुनावको बहानामा मुलुकमा मुठभेढको अवस्था सृजना गरि आपतकालिन घोषणा गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे ।
    उनले प्रधानमन्त्रीमा निर्वाचन गर्ने नियत नरहेको भन्दै मुलुकमा उनी निरकुश शासक बन्ने तर्फ अगाडी बढीरहेको आरोप लगाए । 
    प्रधानमन्त्री यसरी नै निरकुशताको तर्फ अगाडी बढ्दै जाँदा संघीयता पनि भंग गर्न बेर नलगाउने भन्दै अध्यक्ष यादवले यसप्रति सबै जनता सतर्क रहनु पर्ने बताए । उनले संसद पुर्नस्थापना नभए देश प्रतिगमनतर्फ उन्मुख हुने भएकोले संघीयताको रक्षाका लागि सबैले खबरदारी गर्नु आवश्यक रहेको उल्लेख गरे । 
    अयोजित सभामा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, पार्टीकी केन्द्रिय सदस्य रेणु यादव, महदेवा गाउँपालिका अध्यक्ष दिपक यादव, तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त बहरखेर लगायतको उपस्थिति रहेको थियो । 
    सोही सभामा विभिन्न पार्टी परित्याग गरि एक सय भन्दा व्यक्ति जसपामा प्रवेश गरेका थिए । प्रवेश गरेकाहरुलाई अध्यक्ष यादवले फुलमाला, गम्छा ओढाई स्वागत गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो
आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति
आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी 
पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै निस्केकी किशोरी हेर्न भिंड
पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै निस्केकी किशोरी हेर्न भिंड
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै