सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह

राजविराज राजविराज
|
बिहिबार, पौष १६, २०७७
|
|
८६ पटक हेरिएको
Shares
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह

सारांश

  •     राजविराजमा बिहीबार जिल्ला सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       प्रदेश २ मा ७ हजार भन्दा बढी रहेका सहकारी संस्थाहरु मध्ये धेरै जसो सहकारीताको मर्म बमोजिम सन्तोषजन ढंगले अझै काम गर्न नसकेको भन्दै उनले उद्देश्य अनुसार काम गर्न दवाव दिने उद्देश्यले पनि यस्तो योजना बनाइएको उल्लेख गरे ।
  •       साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले दर्ता गरेर मात्र बसेका सहकारी संस्थाहरुको संख्या अधिक रहेको भन्दै तथा कमजोर अवस्थामा रहेका सहकारी संस्थालाई मर्ज गर्ने योजना समेत बनाएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 
    प्रदेश २ का भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीको मर्म अनुसार काम नगरेका त्यस्ता सहकारी संस्थाहरुको दर्ता नै खारेज गर्ने गरि योजना बनाएको बताएका छन् । 
    राजविराजमा बिहीबार जिल्ला सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    प्रदेश २ मा ७ हजार भन्दा बढी रहेका सहकारी संस्थाहरु मध्ये धेरै जसो सहकारीताको मर्म बमोजिम सन्तोषजन ढंगले अझै काम गर्न नसकेको भन्दै उनले उद्देश्य अनुसार काम गर्न दवाव दिने उद्देश्यले पनि यस्तो योजना बनाइएको उल्लेख गरे । 
    साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले दर्ता गरेर मात्र बसेका सहकारी संस्थाहरुको संख्या अधिक रहेको भन्दै तथा कमजोर अवस्थामा रहेका सहकारी संस्थालाई मर्ज गर्ने योजना समेत बनाएको जानकारी दिए ।
    यस्तै उनले किसानलाई प्रोत्साहन गर्न उनीहरुको उत्पादन सरल र सहज रुपमा बजारसम्म पु¥याउने र प्रदेशका मुख्य सहरहरुमा सहकारी पसल संचालनमा ल्याउने तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । 
    प्रदेशलाई कृषि मार्फत समृद्ध बनाउन प्रदेश स्तरिय एकिकृत योजना अन्तरगत सिरहाको गोलबजारमा प्रदेश स्तरिय सहकारी तालिम केन्द्र, पशुपालन ब्यवसाय तथा श्रोत केन्द्र निर्माणका लागि १ सय ६५ विगहा जग्गा खरीद गरिसकिएको उनले जानकारी दिए । 
    प्रदेश २ लाई सहकारी मैत्री प्रदेश बनाउने योजना रहेको बताउँदै मन्त्री साहले ८ वटै जिल्लामा शितभण्डार निर्माण, पावर प्लान्ट निर्माणका साथै दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई प्रति लिटर २ रुँपैया अनुदानदेखी कोरोनाको मारमा परेका किसानलाई ४ महिनासम्मको ऋणको ब्याज मिनाहा लगायतका किसान मैत्री कार्यक्रमहरु अघि बढिसकेको जनाए । 
    जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्ताको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रिय सहकारी संघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खडका, जसपा प्रदेश २ का सचिव दिनेश यादव, जिल्ला सहकारी संघकी प्रवक्ता माला कर्ण, पत्रकार बैजनाथ झालगायतले पनि बोल्दै कृषि क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानिय गरि तीनै तहका सरकार समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
चोरी पैठारीका सामान बरामद
चोरी पैठारीका सामान बरामद
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर 
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर 
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान