दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेशमा लागु औषध नियन्त्रण तथा त्यसको व्यवस्थापन गर्न सुधार केन्द्रको आवश्यक रहेकोले त्यसतर्फ आफूहरु गम्भिर रहेको बताएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिकास्थित भेडीयामा नव निर्मित इलाका प्रहरी कार्यालय भवनको बुधबार उदघाटन गर्दे उनले सो कुरा बताएका हुन् ।
उनले प्रदेश २ मा मुख्य रुपमा देखिएको लागु औषध दुव्र्यसन र बालबालिकाको प्रेम विवाहले निकै समस्या पर्ने गरेको जिकिर गरे ।
सो कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले अपराध न्यूनीकरणका लागि अपराधीलाई प्रश्रय र निर्दाेषलाई फसाउने काम बन्द गर्नुपर्नेमा जोड दिइन् । उनले सामाजमा अहिले बढीरहेको लागूपदार्थ सेवन त्यसबाट हुने दुर्घटनाको न्यूनीकरण गर्न सबै मिलेर अघि बढनुपर्ने सुझाव पनि दिइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय दिलिप कुमार साह, गोविन्द बहादुर न्यौपाने, प्रमुख जिल्लाअधिकारी जनार्दन गौतम, प्रदेश प्रहरी कार्यालयका निमित प्रमुख मसुद आलम खाँ, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाद महतोलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय जनकपुरधामद्वारा कूल ५ करोड १३ लाख ६७ हजारमा लागतमा तीन तल्ले कार्यालय, ब्यारेक, मेस, शौचालयसहितको निर्माण गरिएको हो ।
सो अवसरमा निर्माण कार्य गरेका ठेकेदार कम्पनी तुलसी भक्त कन्स्ट्रक्सनका प्रतिनिधि तथा निर्माण कार्यमा संलग्नहरुलाई सम्मान गरिएको थियो ।
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
सारांश
- सप्तरीको सुरुङ्गा नगरपालिकास्थित भेडीयामा नव निर्मित इलाका प्रहरी कार्यालय भवनको बुधबार उदघाटन गर्दे उनले सो कुरा बताएका हुन् ।
- उनले प्रदेश २ मा मुख्य रुपमा देखिएको लागु औषध दुव्र्यसन र बालबालिकाको प्रेम विवाहले निकै समस्या पर्ने गरेको जिकिर गरे ।
- सो कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले अपराध न्यूनीकरणका लागि अपराधीलाई प्रश्रय र निर्दाेषलाई फसाउने काम बन्द गर्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया