दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राजविराज उच्च अदालत बार एशोसिएसनको पहिलो तल्ला भवनको मंगलबार शिलान्यास गरिएको छ ।
राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख ईसरत परविन तथा राजविराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुभाष यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
राजविराज नगरपालिकाको २५ लाखको सहयोगमा भवन निर्माण सुरू गरिएको राजविराज उच्च अदालत बार एशोसिएसनका कोषाध्यक्ष उमाशंकर देवले बताए । पाँच कोठा भवन र एउटा हल बनाउने योजना रहेको बार एसोसिएसनको अध्यक्ष हरेराम यादवले बताए ।
भवन निर्माण समितिका अध्यक्ष नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष श्यामनारायण साहले नगरपालिकाको सहयोग रकमले भवनको पिलर र छत ढलानसम्म मात्र पुग्ने भएपनि स्थानीय, प्रदेश सरकार वा आमनागरिकको सहयोग लिएर भएपनि निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।
राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षता तथा वरिष्ठ न्यायाधीश वामदेव ज्ञवालीको प्रमुख आतिथ्य आयोजित कार्यक्रममा बार एशोसिएसनका पूर्व अध्यक्ष श्यामनारायण यादव, हेमनारायण साह, रमानन्द साह, वरिष्ठ अधिवक्ता हिम्मम सिंह, रामजी साह वडा नं ७ का वडा अध्यक्ष सुभाष यादव, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव दानो कुमारी चौधरी तथा स्वागत उपाध्यक्ष धर्मेन्द्र यादवले गरेका थिए ।
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
सारांश
- राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख ईसरत परविन तथा राजविराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुभाष यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
- राजविराज नगरपालिकाको २५ लाखको सहयोगमा भवन निर्माण सुरू गरिएको राजविराज उच्च अदालत बार एशोसिएसनका कोषाध्यक्ष उमाशंकर देवले बताए ।
- पाँच कोठा भवन र एउटा हल बनाउने योजना रहेको बार एसोसिएसनको अध्यक्ष हरेराम यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया