दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ बनरझुलास्थित राजाजी आधारभूत विद्यालयका विद्यार्थीलाई विहिबार पोशाक वितरण गरिएको छ ।
बालविकास केन्द्रदेखि कक्षा ८ सम्मका सो विद्यालयका २ सय ४६ बालबालिकालाई सर्ट, पाइन्ट, सुइटर र जुत्ता प्रदान गरिएको हो ।
वडा कार्यालयले विनियोजित रकमबाट पोशाक वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिकका अध्यक्ष अरुण कुमार मण्डलले गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकता रहेकोले खस्किदै गएको शिक्षाको अवस्थालाई सुधार गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।
उनले बालबालिकाको शिक्षाको अवस्थामा सुधार ल्याउन अभिभावक समेत सचेत हुनु जरुरी रहेको उनको भनाई थियो ।
त्यस्तै सोही कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले शिक्षाको स्तरवृद्धिका लागि आफू लागि परेको बताउँदै आफ्नो वडाको चार वटै विद्यालयका बालबालिकालाई प्रत्येक बर्ष पोशाक वितरण गर्ने योजना रहेको जानकारी दिए ।
वडा अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित पोशाक वितरण कार्यक्रममा वडा सदस्यद्वय राजेन्द्र प्रसाद राय र हिरालाल साहु, सत्यनारायण मुखिया, नन्दकिशोर राय, देवराम शर्मा लगायतकाले मन्तब्य दिएका थिए ।
बालबालिकालाई पोशाक वितरण
सारांश
- बालविकास केन्द्रदेखि कक्षा ८ सम्मका सो विद्यालयका २ सय ४६ बालबालिकालाई सर्ट, पाइन्ट, सुइटर र जुत्ता प्रदान गरिएको हो ।
- वडा कार्यालयले विनियोजित रकमबाट पोशाक वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
- पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिकका अध्यक्ष अरुण कुमार मण्डलले गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकता रहेकोले खस्किदै गएको शिक्षाको अवस्थालाई सुधार गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया