दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
आगामी फागुनको अन्तिम साता स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिताको राजविराजमा आयोजना हुने भएको छ ।
भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
संघका केन्द्रिय सदस्य समेत रहेका यादवले प्रतियोगितामा सात वटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमका झण्डै १ सय ५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए ।
प्रतियोगिता भब्यरुपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक संकलन, फिल्ड ब्यवस्थापन, स्वागत लगायत विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिए ।
सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व. देवसुन्दर यादवको स्मृती एवं सम्मानमा नेपाल भारत्तोलन संघ सप्तरीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो ।
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
सारांश
- भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
- संघका केन्द्रिय सदस्य समेत रहेका यादवले प्रतियोगितामा सात वटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमका झण्डै १ सय ५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए ।
- प्रतियोगिता भब्यरुपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक संकलन, फिल्ड ब्यवस्थापन, स्वागत लगायत विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया