पार्टी एकता र महाधिवेशनको अन्यौलमा राजपा र समाजवादी

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
पार्टी एकता र महाधिवेशनको अन्यौलमा राजपा र समाजवादी

सारांश

  •     समाजवादीले बाबुराम भट्टराईलाई पार्टीमा समाहित गरेको सन्दर्भमा पहाडका अधिकांश जिल्लाहरुमा पनि समाजवादीको संगठनको आधारहरु निर्माण भइरहेको छ भने राजपाको पहाडहरुमा पनि राम्रो पकड रहेको अवस्थामा नेपालको कम्युनिष्ट र काँग्रेसपछि देशमा प्रभुत्व जमाउने पार्टीहरुमा समाजवादी राजपा रहेको छ ।
  • तसर्थ राजपा र समाजवादीको एकताको कुराहरु तथा मधेश आन्दोलनको जनादेश, जनभावनाको सम्मानको लागि मधेशी जनताको चाहना, राजपा र समाजवादीको एकता प्रमुख रुपमा रहेको सन्दर्भमा नेपालमा यी दुई पार्टीहरुको मिलन विन्दूमा केन्द्रीत भयो भने नेपालको राजनीतिक परिवेशमा वैकल्पिक पार्टीको रुपमा मधेशको हक हितको लागि मधेशवादको आवाज उठाउनका लागि तथा मधेश आन्दोलनले दिएको जनादेशहरु संविधान संशोधन लगायतका सवालहरुमा आवाज उठान सशक्त रुपमा राज्यसामु उभेर आउँने तर्कहरु रहेको छ ।
  • मधेशी जनताहरुको जनादेशको कारण समाजवादी र राजपाले स्थानीय सरकारदेखि प्रदेश सरकारमा समेत र संघीय सरकारमा समेत आफ्नो प्रतिनिधित्वको पहुँच पु¥याउन सफल भएको सन्दर्भ लिएर यी दुई पार्टीको बीचमा एकताको परिवेशलाई मजबुतीको साथ अगाडि बढायो भने राजपा र समाजवादीको संगठित संरचना मजबुत भई पार्टी एकिकरण भई संगठन र कार्यकर्ताहरुमा उच्च मनोवलको स्थिति सिर्जना हुनेछ ।

अमरनाथ मण्डल
    मधेशमा यी दुई पार्टीप्रति मधेशी जनताले आफ्नो समर्थन दिएको सन्दर्भमा मधेशका अधिकांश जिल्लाहरुमा राजपा र समाजवादीका स्थानीय सरकार तथा प्रदेश र संघीयमा प्रतिनिधित्वको प्रतिनिधि पठाएका छन् भने मधेश आन्दोलनको गर्भबाट जनादेश पाएका यी दुई पार्टी राष्ट्रिय पार्टीको रुपमा नेपालको मानसपटलमा आफ्नो स्थान बनाउन सफल भएका छन् । 
    मधेश र मधेशवादको आवधारणा बोकेका यी दुई पार्टी आम निर्वाचनमा समिकरण गरी निर्वाचन परिवेशमा सहभागिता भएको सवालहरुले यी दुई पार्टीलाई पाउने जनादेशमा उच्चतम स्थान पाएको सन्दर्भ लिएर प्रदेश २ मा सरकारको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको सन्दर्भ लिएर राजपाले ६ मधेशको भावना सम्मिलित पार्टीहरु एकिकृत भइ सामुहिक रुपमा सप्तरीको मलेठमा मलेठ घटना लिएर भावुकतामा गरेको निर्णयलाई सार्थक रुप दिई एक पार्टी गठन प्रक्रियालाई अगाडि बढाई राजपाको निर्माण गरेको थियो । त्यही मञ्चमा आसिन रहेका तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादवले यी ६ दलबाट अलग भई फोरम एक्लै दलको आधारमा साना दलहरुलाई फोरमको भित्र समाहित गरी समाजवादीको रुपमा पार्टीलाई उभ्याउन सफल भएका छन् । तसर्थ राजपा र समाजवादीको संगठन परिवेशले गर्दा यी दुई पार्टीको संगठित संरचना बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ्ग, झापासम्म सक्रियताको संगठन रहेको छ ।
    समाजवादीले बाबुराम भट्टराईलाई पार्टीमा समाहित गरेको सन्दर्भमा पहाडका अधिकांश जिल्लाहरुमा पनि समाजवादीको संगठनको आधारहरु निर्माण भइरहेको छ भने राजपाको पहाडहरुमा पनि राम्रो पकड रहेको अवस्थामा नेपालको कम्युनिष्ट र काँग्रेसपछि देशमा प्रभुत्व जमाउने पार्टीहरुमा समाजवादी राजपा रहेको छ । तसर्थ राजपा र समाजवादीको एकताको कुराहरु तथा मधेश आन्दोलनको जनादेश, जनभावनाको सम्मानको लागि मधेशी जनताको चाहना, राजपा र समाजवादीको एकता प्रमुख रुपमा रहेको सन्दर्भमा नेपालमा यी दुई पार्टीहरुको मिलन विन्दूमा केन्द्रीत भयो भने नेपालको राजनीतिक परिवेशमा वैकल्पिक पार्टीको रुपमा मधेशको हक हितको लागि मधेशवादको आवाज उठाउनका लागि तथा मधेश आन्दोलनले दिएको जनादेशहरु संविधान संशोधन लगायतका सवालहरुमा आवाज उठान सशक्त रुपमा राज्यसामु उभेर आउँने तर्कहरु रहेको छ । मधेशी जनताहरुको जनादेशको कारण समाजवादी र राजपाले स्थानीय सरकारदेखि प्रदेश सरकारमा समेत र संघीय सरकारमा समेत आफ्नो प्रतिनिधित्वको पहुँच पु¥याउन सफल भएको सन्दर्भ लिएर यी दुई पार्टीको बीचमा एकताको परिवेशलाई मजबुतीको साथ अगाडि बढायो भने राजपा र समाजवादीको संगठित संरचना मजबुत भई पार्टी एकिकरण भई संगठन र कार्यकर्ताहरुमा उच्च मनोवलको स्थिति सिर्जना हुनेछ । 
    तर राजपा र समाजवादीको पार्टी भित्रको आन्तरिक विवाद र आफ्नो स्थान र अस्तित्वको लागि नेताहरुको बीचमा खुट्टा तनाएको कारण स्वार्थवस पार्टी एकताको प्रक्रियाहरुमा ढिलाई भइरहेको छ । दुई महिनाअघि देखि दिल्ली दरवारबाट फर्किएपछि राजपाका टोलीहरु नेपाल आउने बित्तिकै समाजवादीसँग एकताको कुराहरुलाई प्रचारमुखीकरणमा केन्द्रीकृत गरिएका थिए भने समाजवादीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न सभा र सेमिनारहरुमा चाँडै पार्टी एकता हुने प्रक्रियाहरु शुरु हुनु, भाषनवाजी गरिरहेको सन्दर्भ लिएर मधेशी जनताहरु बीच राजपा र समाजवादीको बीच चाँडै एकीकरण विश्वास पलाएर आएका थिए । तर विस्तारै वार्ताको प्रक्रियाहरु समान अंशपनि शुरु नगरेको सन्दर्भ लिएर मधेशी जनताहरु समाजवादी र राजपामा एकताको परिवेश सन्दर्भलाई यी दुई पार्टीहरुको भाषनवाजीमा मात्र सिमित रहेको गुनासोहरु गर्न थाले । तसर्थ मधेशी जनताको मनोभावना र विश्वासलाई ठेस पु¥याउने काम कुनै पार्टीका दलले गर्नुहुँदैन भने राजनैतिक, बुद्धिजीविहरुको तर्क रहेको छ । केही राजनैतिक बुद्धिजीविहरु राजपा र समाजवादीको एकता नभई यी दुई पार्टीहरुको संगठित संरचनादेखि जनताको जनादेश समेत गुम्ने खतरा बढेर आएको छ । अहिले मधेशका सर्वसाधारण मधेशी जनताहरु मधेशी दलका नेताहरु प्रतिको विश्वासमा ठुलो ह्रास उत्पन्न भइरहेको छ । स्थानीय जनप्रतिनिधिहरुले निर्वाचित भए दिनदेखि आफ्नो निजि सम्पत्ति आर्जनमा समय बिताई कार्यकर्ता र मधेशी जनताको भावनालाई नसमेटिएका गुनासोहरु सर्वत्र उठिरहेको अवस्थामा समाजवादीले एक्कासी केपी ओलीसँग दुई बुँदे सहमति गरी सरकारमा गएको केपी ओलीले पछि उपेन्द्र यादवलाई सरकारबाट बाहिरिन बाध्य गरेको सन्दर्भ लिएर मधेशी जनताहरु अविश्वासको आँखाले समाजवादीलाई हेरिरहेको छ भने राजपाले राष्ट्रिय सभामा दुई पदको लागि भइरहेको सम्झौताले मधेशी जनता आक्रोशित बनेका थिए भने राजपा प्रतिको आस्था र विश्वासमा पनि ह्रासको स्थिति सिर्जना भएको छ । 
    यी सबै कारणहरुले गर्दा राजपा र समाजवादीको पार्टी एकिकरण सन्दर्भ आफैमा ठुलो महत्वपूर्ण रहेकोले कुनै अन्यौलको वातावरण सिर्जना नगरी मधेशको हितको लागि मधेशवादको आवधारणाको लागि, संविधान संशोधनको लागि पार्टी एकताको अपरिहार्य आवश्यकता देखिन्छ । राजपा र समाजवादीमा पार्टी अधिवेशनलाई पनि प्रमुखताको साथ लिनुपर्ने वैधानिक संकट समेत उभ्रेर आएको छ । यदि राजपा र समाजवादी एकीकरण भई एक पार्टीमा परिणत भई अधिवेशनको सन्दर्भ लिएर निर्वाचन आयोगमा गयो भने सवाल अर्के हुन्छ  नत्र राजपालाई एक वर्षको महाअधिवेशन अवधि पनि सकेकोले राजपालाई पार्टीलाई राष्ट्र पार्टीको रुपमा अवस्थित गर्न अधिवेशनको अपरिहार्य आवश्यकता रहेको छ । नत्र राजपा वैधानिक संकटमा पर्ने पर्वल सम्भावना रहेको छ । त्यस्तै समाजवादीले महाअधिवेशन गर्ने समयहरु निर्धारण गरेपनि महाधिवेशनको प्रक्रिया अगाडि नबढाएकोले पार्टीको झण्डा र नाम परिवर्तन गरेको सन्दर्भमा बाबुराम भट्टराईसँग एकीकरण लिएर महाअधिवेशन गर्नु पर्ने वैधानिक अवस्था रहेकोले समाजवादीलाई पनि महाअधिवेशन तिर उन्मुख हुने देखिन्छ । नत्र समाजवादी पनि वैधानिक संकटमा फस्ने छ । यी दुई पार्टीको राष्ट्रिय महाअधिवेशन गरी निर्वाचन आयोगमा बुझाउनुपर्ने सन्दर्भ लिएर निर्वाचन आयोगले यी दुई पार्टीलाई राष्ट्र महाअधिवेशन गर्न ताकेता समेत पठाएको देखिन्छ ।
    राष्ट्रिय महाअधिवेशन समेत गर्ने अपरिहार्य रहेको यी दुवै पार्टीलाई एकीकरण गरी समाजवादी र राजपा मधेशको भावना अनुसार यी दुई पार्टी आपसमा सबै स्वार्थहरुलाई त्यागी पार्टी मिलनको केन्द्रबिन्दुमा निहित हुनुपर्ने आवश्यकता देखिन्छ । अहिले मधेशी जनताको लागि संविधान संशोधन जस्ता अपरिहार्य रहेकोले यी दुई पार्टीको एकता रहे मात्र संविधान संशोधनको सवालहरुमा आन्दोलनको शुरुवात हुने सम्भावना बढेर जानेछ । केही दिन पहिले महन्थ ठाकुरलाई एक नम्बरको पार्टीमा दर्जा दिई बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राजेन्द्र महत्तो क्रमशः रुपमा नेताहरुमा चयन गर्ने गरी पार्टीको एकीकरण गर्ने सन्दर्भमा केही वार्ताका खाकाहरु तयार पारेका थिए । तर अहिले वार्ता–वार्ता शब्दहरु मुखबाट मात्र निस्किएको तर व्यवहारमा वार्ताको कुनै प्रक्रिया नथालेको सन्दर्भमा यी दुई पार्टीको बीच अर्को तिर महाधिवेशन अर्को तिर वार्ता भई पार्टी एकीकरण जस्ता सवालहरु रहेकोले अहिले राजपा र समाजवादी राष्ट्रिय महाधिवेशन गर्न तथा पार्टी एकीकरण गर्न अन्यौलको वातावरण रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
शारिरीक रुपमा असक्त  भएकी पुष्पा पढ्न चाहन्छिन
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
नेपाल सहकारीको ४६ लाख नाफा 
नेपाल सहकारीको ४६ लाख नाफा 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु