शारिरीक रुपमा असक्त  भएकी पुष्पा पढ्न चाहन्छिन

राजविराज राजविराज
|
मंगलबार, मंसिर १७, २०७६
|
|
१०२ पटक हेरिएको
Shares

सारांश

  •     अहिले पुष्पाको उमेर २९ वर्ष पुगेको छ ।
  • अविवाहीत नै रहेकी छिन् ।
  • पुष्पाले जसोतसो कक्षा ५ सम्म पढेकी छिन् उनको अहिले पनि पढ्ने धोको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 
    सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुरकी पुष्पा चौधरीको दुई महिनाकी हुँदा घुडा भन्दा मुनतीरको दुवै खुट्टा चल्दैन । उनको दुबै खुट्टाको भाग दोब्रीएर शारिरीक अपाङता भएकी छिन् । 
    अहिले पुष्पाको उमेर २९ वर्ष पुगेको छ । अविवाहीत नै रहेकी छिन् । पुष्पाले जसोतसो कक्षा ५ सम्म पढेकी छिन् उनको अहिले पनि पढ्ने धोको छ । तर, आर्थिक र शारिरीक कारणले पढाई रोकिएको हो । 
    उनका बुबा कालिकान्त साहु महाजनसँग ऋण लिएर छोरी पुष्पाको धेरै ठाउँमा उपचार पनि गराए । तर निको हुन सकेन् । उनले गाउँमा धामीझाक्री लगायत अनेक उपाय पनि गरे । तर कुनै लाभ भएन । 
    दुई वर्ष अघि कालिकान्त आफैपनि दुर्घटनामा परेर एउटा खुट्टा गुमाउन पुगे । जसकारण छोरीसँगै उनीपनि अब घरको कोठामा सिमित भएका छन् । 
    मंगलबार राजविराजमा २८ औँ अन्तरराष्ट्रिय अवाङता दिवसको अवसरमा आयोजित कार्यक्रममा बाबु छोरीले आर्थिक अभावमा थप उपचार गराउन नसकेको लाचारि सुनाउदै सहयोगका लागि सवैसँग याचना गरेका छन् । बृद्ध बुवा कालिकान्तले आप्mनो भन्दापनि छोरी पुष्पाको उपचार र पढाईका लागि सहयोग चाहिएको ईच्छा व्यक्त गरे । 
    यता पढने चाहना हुँदा हुदै हिडडुल गर्न कठिन र आर्थिक समस्या दुवैले गाँजेपछि मनको धोको मनमै मर्दै गएको पुष्पाको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
पेस्तोलसहित एक पक्राउ
पेस्तोलसहित एक पक्राउ
हत्याका पाँच फरारआरोपित पक्राउ
हत्याका पाँच फरारआरोपित पक्राउ
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल