दैनिक समाचारदाता
राजविराज, १ साउन ।
मेयरकप सप्तरी प्राईड लिगको सातौ संस्करणको उपाधी लगातार दोश्रो पटक तिरहुत टाईगर्स सप्तरीले हात पारेको छ ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशीको भएको उक्त प्रतियोगितामा राजदेवी रोयल्स राजविराजलाई ९ विकेटले पराजित गर्दै दोश्रो पटक तिरहुत टाईगर्स सप्तरीले उपाधी हात पारेको हो ।
उपाधी हात पार्दै तिरहुत टाईगर्सले नगद २ लाख तथा उपविजेत राजदेवी रोयल्स राजविराजले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
राजविराजस्थित पविमाविको खेलमैदानमा विहीवार सम्पन्न फाईनल खेलमा टस जितेर ब्याटिङ्ग रोजेको राजदेवी रोयल्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सफल भएको थियो । जसमा ब्याटिङ्ग तर्फ रोहन विक २३, अभिषेक तिवारी १९ र जीतु यादव १८ (अविजित) रनको योगदान दिए ।
बलिङ तर्फ तिरहुत टाइगर्सका श्रवण यादव ३, चित्र बहादृुर विष्ट र अनिल यादवले २÷२ तथा राहुल मण्डल र अजय यादवले १÷१ विकेट लिए ।
९३ रनको बिजय लक्ष्य पछ्याएको तिरहुत १५ दशमल ३ ओभर मै एक विकेटको क्षतिमा लक्ष्य प्रांप्त गरेको थियो. । तिरहुत टाईगर्सका लागी भोला साह (अविजित) ५२ तथा निरज यादव (अविजित) १८ रन बनाए । भने अविनाश कर्ण १३ रनको योगदान गरे । वलिङतर्फ राजदेवी रोयल्सका नितेश यादवले एक विकेट लिएका थिए । फाईनल खेलको प्लेयर अफ म्याच विजेता टिमका श्रवण यादव घोषित भए ।
यस्तै प्लेयर अफ द टुर्नामेन्ट देवान पुन, वेस्ट गेम चेन्जर भोला साह, वेस्ट बलर चित्र बहादुर विष्ट, उदयीमान खेलाडी अनिल यादव घोषित भए ।
राजविराज नगरपालिकाको सहयोग, सप्तरी क्रिकेट संघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको समन्वयमा आयोजित प्रतियोगिताको समापनका अवसरमा क्रिकेट संघ सप्तरीका अध्यक्ष आयृुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अथिती राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, तिरहुत गाउपाँलिकाका अध्यक्ष विजय कृुमार यादव, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौडेल, रेफ्रि बुद्धि बहादुर प्रधान, अन्तराष्ट्रिय खेलाडी महबुब आलम लगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
सारांश
- जिल्ला कै सर्वाधिक पुरस्कार राशीको भएको उक्त प्रतियोगितामा राजदेवी रोयल्स राजविराजलाई ९ विकेटले पराजित गर्दै दोश्रो पटक तिरहुत टाईगर्स सप्तरीले उपाधी हात पारेको हो ।
- उपाधी हात पार्दै तिरहुत टाईगर्सले नगद २ लाख तथा उपविजेत राजदेवी रोयल्स राजविराजले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
- राजविराजस्थित पविमाविको खेलमैदानमा विहीवार सम्पन्न फाईनल खेलमा टस जितेर ब्याटिङ्ग रोजेको राजदेवी रोयल्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सफल भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया