काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते

राजविराज राजविराज
|
सोमबार, जेठ १३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते

सारांश

  •     सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुनमा र घट्टेकुलो चोक नजिकै रहेको एक घरमा सो विस्फोट भएको हो ।
  • घट्टेकुलोको संगम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको हो ।
  • त्यस्तै एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

दैनिक समाचारदाता
काठमाडौँ, १२ जेठ । 
    काठमाडौँको दुई स्थानमा आइतबार दिउँसो बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । 
    सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुनमा र घट्टेकुलो चोक नजिकै रहेको एक घरमा सो विस्फोट भएको हो । घट्टेकुलोको संगम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको हो । त्यस्तै एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । 
    घट्टेकुलोमा भएको विस्फोटमा परी प्रज्वल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा परेर मृत्यु भएका शाहीको शरीर क्षतविक्षत अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो । त्यस्तै रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रबिन केसी विस्फोटमा परी घाइते भएका छन् । 
    यता सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको छ भने महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । 
    प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार घट्टेकुलो बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठमा भएको सामानमा समेत क्षति पुगेको छ । घटनास्थलमा विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ ।
    विस्फोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे । 
    दुवै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित
अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण  छ ः मुख्य न्यायाधिश ज्ञवाली
अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण  छ ः मुख्य न्यायाधिश ज्ञवाली
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
वरिष्ठ वामपन्थी नेता वर्माको निधन
वरिष्ठ वामपन्थी नेता वर्माको निधन
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद