दैनिक समाचारदाता
काठमाडौँ, १२ जेठ ।
काठमाडौँको दुई स्थानमा आइतबार दिउँसो बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुनमा र घट्टेकुलो चोक नजिकै रहेको एक घरमा सो विस्फोट भएको हो । घट्टेकुलोको संगम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको हो । त्यस्तै एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
घट्टेकुलोमा भएको विस्फोटमा परी प्रज्वल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा परेर मृत्यु भएका शाहीको शरीर क्षतविक्षत अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो । त्यस्तै रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रबिन केसी विस्फोटमा परी घाइते भएका छन् ।
यता सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको छ भने महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार घट्टेकुलो बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठमा भएको सामानमा समेत क्षति पुगेको छ । घटनास्थलमा विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ ।
विस्फोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे ।
दुवै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् ।
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
सारांश
- सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुनमा र घट्टेकुलो चोक नजिकै रहेको एक घरमा सो विस्फोट भएको हो ।
- घट्टेकुलोको संगम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको हो ।
- त्यस्तै एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया