पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव

राजविराज राजविराज
|
सोमबार, श्रावण २८, २०८१
|
|
४४ पटक हेरिएको
Shares
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव

सारांश

  •     सोमबार राजविराजमा आयोजित जिल्ला कार्य समितिको घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
  •       उनले पार्टीका इमान्दार कार्यकर्ताहरु आफूहरुका साथमा रहेकाले छिट्टै देशव्यापी पार्टी बनाउने घोषणा गर्दै अध्यक्ष राईले हिमाल, पहाड, तराई सबै ठाउँमा पार्टीप्रति आकर्षण बढेको दाबीका साथ निर्धक्क भएर पार्टी निर्माण र जनताको सेवामा जुट्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
  •       सोही कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले अवसरवादीहरुलाई छाडेर आफूहरुले निर्माण गरेको संगठनमा अधिकारका लागि लडेका, दुःख पाएका, निस्वार्थ र स्वाभिमानी साथीहरुको साथ रहेको कारण पार्टीको भविष्य उज्जवल रहेको दाबी गरे ।

दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।  

    जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले निस्वार्थ भावनाले जनताको चाहना बमोजिम पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । 
    सोमबार राजविराजमा आयोजित जिल्ला कार्य समितिको घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 
    उनले पार्टीका इमान्दार कार्यकर्ताहरु आफूहरुका साथमा रहेकाले छिट्टै देशव्यापी पार्टी बनाउने घोषणा गर्दै अध्यक्ष राईले हिमाल, पहाड, तराई सबै ठाउँमा पार्टीप्रति आकर्षण बढेको दाबीका साथ निर्धक्क भएर पार्टी निर्माण र जनताको सेवामा जुट्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । 
    सोही कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले अवसरवादीहरुलाई छाडेर आफूहरुले निर्माण गरेको संगठनमा अधिकारका लागि लडेका, दुःख पाएका, निस्वार्थ र स्वाभिमानी साथीहरुको साथ रहेको कारण पार्टीको भविष्य उज्जवल रहेको दाबी गरे ।
    कार्यक्रममा खानेपानी मन्त्री प्रदिप यादवले आफूहरुले उपेन्द्र यादवलाई नेता मान्दै आएको भएपनि उनमा बढ्दो अंहकार, सत्ता स्वार्थ र तानाशाही प्रवृतीका कारण उनको साथ छोड्नु परेको खुलासा गरे । “उपेन्द्रले हालसम्म पार्टीलाई प्राइभेट लिमिटेड कम्पनीको रुपमा चलाए, उनले भने –सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी देखाए ।”
    उपेन्द्र नेतृत्वको पार्टीलाई सत्ता स्वार्थीहरुको पसलको संज्ञा दिँदै उनले अबको केही दिनपछि नै सो पसल बन्द हुने दाबी समेत गरे । जसपा नेतृत्वको ६÷६ वर्षसम्म मधेश प्रदेशमा सरकार हुँदा जनताले सरकारको अनुभुति गर्न नपाएको र योजनाहरु १० प्रतिशत लिएर खुलेआम बजारमा बिक्रि हुने गरेको उनले खुलासा समेत गरे । 
    सत्यनारायण यादवको नेतृत्वमा जसपा जिल्ला कार्यसमिति, शिवम यादवको नेतृत्वमा जसपा युवा समाजवादी समिति तथा अनुराधा साहको नेतृत्वमा महिला समाजवादी जिल्ला कार्यसमिति सप्तरी गठन गरिएको घोषणा उक्त कार्यक्रममा गरिएको थियो । 
    सो अवसरमा पार्टीका सहअध्यक्ष रेणु यादव, महासचिव इस्तियाक राइन, मधेश प्रदेश अध्यक्ष अशोक यादव, केन्द्रिय सदस्य राजकिशोर यादव, बिनोद चौधरी लगायतले पनि बोल्दै उपेन्द्र यादवले पार्टीलाई प्राइभेट लिमिटेड र सिन्डिकेटको रुपमा चलाएको भन्दै चर्को आलोचना गर्दै सोही कारणले आफूहरु अलग भएको बताएका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
तीन दिनमा २१ जना फरार अभियुक्त पक्राउ
तीन दिनमा २१ जना फरार अभियुक्त पक्राउ
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
खडकको ६० स्थानमा मनोसामाजिक सहयोग कार्यक्रम हुदै
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
पाँचौ दिन पनि रिले अनसन जारि 
पाँचौ दिन पनि रिले अनसन जारि 
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस  भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न 
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न 
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा  फाईनलमा, महोत्तरीको पहिलो जित
प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा  फाईनलमा, महोत्तरीको पहिलो जित