१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश

राजविराज राजविराज
|
शुक्रबार, माघ २८, २०७८
|
|
२३ पटक हेरिएको
Shares
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश

सारांश

  •     कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार उक्त आदेश जारि गरेको हो ।
  •     कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमणको जोखिम कायमै रहेकाले संक्रमण ऐन २०२० को दफा २, स्थानिय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरि जिल्लामा फागुन १ देखी लागु हुने गरि १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा संचालन गर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारि आदेशमा उल्लेख छ ।
  •       जारि आदेशमा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा भने नियमित कक्षा संचालन गर्न पाउने उल्लेख गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
    जिल्ला प्रशासन कार्यालय सप्तरीले फागुन १ देखी जिल्लाका सबै विद्यालयलाई १२ वर्ष पूरा नभएका विद्यार्थीका लागि आलोपालो कक्षा संचालन गर्न आदेश जारि गरेको छ । 
    कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार उक्त आदेश जारि गरेको हो ।
    कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमणको जोखिम कायमै रहेकाले संक्रमण ऐन २०२० को दफा २, स्थानिय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरि जिल्लामा फागुन १ देखी लागु हुने गरि १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा संचालन गर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारि आदेशमा उल्लेख छ । 
    जारि आदेशमा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा भने नियमित कक्षा संचालन गर्न पाउने उल्लेख गरिएको छ । विश्व विद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षा मापदण्डको पूर्ण पालना गरि संचालन गर्न पाउने जारि आदेशमा भनिएको छ । 
    यस्तै पार्टी प्यालेश र खेलकुद कार्यक्रमहरुमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै एक पटकमा कुल क्षमताको बढीमा ५० प्रतिशत भन्दा बढी नहुने गरि संचालन गर्न, डान्स बार, दोहरी, नाच घर, पव, क्लबलगायतका रात्रीकालिन व्यवसाय सिनेमाघर, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरि मात्र फागुन १ गतेबाट राती १० बजेमा नबढ्ने गरि संचालन गर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारि आदेशमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
लक्ष्मीको हत्या भएको परिवारको दाबी
लक्ष्मीको हत्या भएको परिवारको दाबी
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान 
सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान 
पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा 
पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा 
शिक्षक राय मृत फेला 
शिक्षक राय मृत फेला 
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै  पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण 
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै  पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण