दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजविराज नगर अध्यक्ष खेलानन्द दास सोमबार दिउँसो राजविराजमा कुटिएका छन् ।
उनलाई राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव र उनका छोरा विलियम यादव सहित चार÷पाँच जनाको समूहले राजविराजस्थित ग्लोबल बैंक अगाडी कुटपीट गरेका हुन् ।
रास्वपा नगर अध्यक्ष दासले राजविराज बचाउ अभियान लेखिएको ब्यानर सिटी रिक्सामा झुण्डयाएर भिमराज यादवको राजीनामा माग राखेर माईक लिएर बोल्दै ग्लोबल बैंक अगाडी पुग्दा उनलाई कुटपीट गरेको पीडितले बताएका छन् ।
कुटपीटबाट घाईते भएका दासको उपचार छिन्नमस्ता अस्पताल राजविराजमा भईरहेको छ । अस्पतालमा उपचारत उनी संचारकर्मीहरु संग कुरा गर्दै ‘निलम्बित नगर प्रमुख यादव र उनका छोरा विलियम यादव सहितका समूहले कुटपीट गरी घाईते बनाएका छन्’ दासले भने ।
उनले कुटपीट गर्ने उपर कानुन बमोजिम कारबाहीको माग गर्दै कार्यवाही नभएर अस्पतालबाटै भुख हडताल गर्ने चेतावनी समेत दिएका छन् ।
यता भिमराज यादवले आफूहरुले कुटपीट नगरेको बताएका छन् । उनले मलाई भ्रष्टाचारी भनेर लेखिएको ब्यानरसहित घर अगाडी आएपछि दासको हाथबाट माईक खोस्न सामान्य हातापाई भएको तर, कुटपीट नभएको प्रतिक्रिया दिए । ‘म त्यहाँ उपस्थित पनि छैन्’ यादवले भने ।
मैले नगरपालिकामा भ्रष्टाचार गरेको छैन् तर, मेरो नाम लेखेर यसरी प्रचारबाजी गर्नु गलत हो भन्दै ‘म न्यायिक निकायमा मुद्दा लड्दै छु, राजिनामा किन दिने ?’ उनले प्रश्न गरे ।“
रास्वपा नगर अध्यक्ष दास कुटिए
सारांश
- उनलाई राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव र उनका छोरा विलियम यादव सहित चार÷पाँच जनाको समूहले राजविराजस्थित ग्लोबल बैंक अगाडी कुटपीट गरेका हुन् ।
- रास्वपा नगर अध्यक्ष दासले राजविराज बचाउ अभियान लेखिएको ब्यानर सिटी रिक्सामा झुण्डयाएर भिमराज यादवको राजीनामा माग राखेर माईक लिएर बोल्दै ग्लोबल बैंक अगाडी पुग्दा उनलाई कुटपीट गरेको पीडितले बताएका छन् ।
- कुटपीटबाट घाईते भएका दासको उपचार छिन्नमस्ता अस्पताल राजविराजमा भईरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया