सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
४८ पटक हेरिएको
Shares
सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार

सारांश

  •     विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडौ रुपैया लिएर फरार भएपछि अहिले सप्तरी सदरमुकाम राजविराजमा खैलाबैला मच्चिएको छ ।
  •     राजविराजको मुटुमै रहेको गजेन्द्र चौकमा कपडा पसल र आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सुनिल सिन्धी र उनका दाई संजय सिन्धी तीन दिनदेखी करोडौं रकम लिएर सम्पर्कबिहीन भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनेहरुको ओइरो लागेको छ ।
  •       सुनिल र संजय सहोदर दाजुभाई हुन् ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 
    राजविराजका चर्चित व्यापारी, जग्गा कारोबारी तथा एक आइएमइ शाखा संचालक सिन्धी दाजुभाई तीन दिनदेखी करोडौ रकम लिएर सम्र्पकविहिन भएका छन् । 
    विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडौ रुपैया लिएर फरार भएपछि अहिले सप्तरी सदरमुकाम राजविराजमा खैलाबैला मच्चिएको छ ।
    राजविराजको मुटुमै रहेको गजेन्द्र चौकमा कपडा पसल र आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सुनिल सिन्धी र उनका दाई संजय सिन्धी तीन दिनदेखी करोडौं रकम लिएर सम्पर्कबिहीन भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनेहरुको ओइरो लागेको छ । 
    सुनिल र संजय सहोदर दाजुभाई हुन् । उनीहरुले आफ्नो नाममा रहेको सबै सम्पत्ति समेत गोप्य ढंगले बिक्रि गरि आइएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
    विदेशबाट पठाएको रकम आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएको पाइएको छ । रकम माँग गर्दा कहिले कम्प्युटर खराब, त कहिले नेट बिक्रेको छ लगायतका विभिन्न बहाना बनाउँदै भुक्तानी नदिएर भोलीपर्सी आउनु भनी आलटाल गर्ने गरेको पीडितहरुको भनाई छ । 
    पीडित मध्येका विष्णुपुर गाउँपालिका ७ का बिन्देश्वर मण्डलले मलेशियाबाट छोरा प्रमोदले २ लाख १८ हजार रुँपैया पठाएको सुनाए । उनले रकम भुक्तानी लिन आउँदा कागजमा पहिले नै सही गराएपनि दुई दिनपछि आउन भन्दै भुक्तानी नदिएको गुनासो पोखे । उनलाई बुधबार बोलाइएकोमा सोही दिन आउँदा दाजुभाई दुबै फरार भइसकेको थाहा पाएपछि विचल्लीमा परेका छन् ।
    त्यस्तै डाक्नेश्वरी नगरपालिका २ की लालो खतुनले बहिनीको विवाहका लागि छोराले कतारबाट आफ्नो नाममा पठाएको ९ लाख रुँपैया एक साता अघि नै भुक्तानी लिन आएकोमा विवाहको बेलामा लैजानु होला, पैसा यही सुरक्षित रहन्छ भन्दै दाजुभाईले आलटाल गरेका थिए । उनी पनि बुधबार रकम लिन आएपछि अफिस नै बन्द रहेको देखेपछि प्रहरी कहा पुगेकी थिइन् ।
    यस्तै महदेवा गाउँपालिका २ का बिनोद मण्डल, श्यामादेवी मण्डल, बिष्णुपुर गाउँपालिकाका रामप्रित यादव, राजगढ गाउँपालिकाका दिनेश मण्डल, राजविराज ७ का श्रवण दास, डाक्नेश्वर नगरपालिका ५ का महेश महतो, सत्रुहन मण्डल लगायतका गरि २ करोड भन्दा बढी रकम भुक्तानी नपाएको भन्दै बुधबार प्रहरीमा उजुरी दिएका छन् । 
    यस्तै भुक्तानी लिन बाँकी रहेकाहरु ठूलो संख्यामा आउने क्रम अझ जारि नै रहेकाले ५० करोड भन्दा बढी रकम घोटला भएको अनुमान गरिएको छ । 
    जग्गा कारोबारी समेत रहेका आइएमइ संचालक दुबै दाजुभाईले प्रयोग गर्ने मोबाइल नं. ९८०१५०००११ र ९८१५७१४५३५ लगातार स्विच अफ रहेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले पीडितहरु सबैको जाहेरी लिने कामसँगै यस बारे आवश्यक अनुसन्धान पनि सुरु गरिएको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित
आगलागी चार घर नष्ट, बीस लाखको क्षति
आगलागी चार घर नष्ट, बीस लाखको क्षति
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
गाई हत्याविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन