दैनिक समाचारदाता
राजविराज, १० माघ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ७ की १५ वर्षिया किशोरीलाई कलेज जाँदे गरेको अवस्थामा गाउँ कै एक यूवाले बलात्कार गरेका छन ।
किशोरी बुधवार विहान ६ बजेतरि साईकल चढेर कलेजतर्फ जाँदै गरेको अवस्थामा सोही पालिकाको वडा नंं १ वस्ने १९ वर्षिय अकलेश कुमार मण्डलले बलात्कार गरेका हुन् ।
मण्डलले ती युवतीलाई कोशी नहरको डिलमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रतिकार गर्न खोज्दा मण्डलले ती किशोरीको बायाँ हात समेत टुटाईदिएका छन ।
विहान बाक्लो हुस्सु लागेको र एकान्त स्थल देखेर पहिलेदेखी नै लुकेर बसेका मण्डलले साइकल रोकेर किशोरीलाई डरत्रास देखाई नहर किनारमा लगी बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पीडित किशोरी गाउँबाट करिब ४ किलोमिटर टाढा रहेको सदरमुकाम राजविराजस्थित वल्र्ड भिजन क्याम्पसमा कक्षा ११ मा अध्यनरत छिन ।
उक्त अपराधमा संलग्न मण्डललाई बुधवारै साँझ गाउँबाट पक्राउ गरिएको र विहीवार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
कलेज जादै गरेकी किशोरी बलात्कृत, प्रतिकार गर्दा हात टुटाइयो
सारांश
- किशोरी बुधवार विहान ६ बजेतरि साईकल चढेर कलेजतर्फ जाँदै गरेको अवस्थामा सोही पालिकाको वडा नंं १ वस्ने १९ वर्षिय अकलेश कुमार मण्डलले बलात्कार गरेका हुन् ।
- मण्डलले ती युवतीलाई कोशी नहरको डिलमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
- प्रतिकार गर्न खोज्दा मण्डलले ती किशोरीको बायाँ हात समेत टुटाईदिएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया