आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध

राजविराज राजविराज
|
सोमबार, आश्विन १२, २०७७
|
|
२४ पटक हेरिएको
Shares
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्दा ठाकुरद्वारा जारि सूचनामा प्रशासन कार्यालयका एक जना कर्मचारीको कोरोनाका कारण मृत्य तथा अन्य केहि कर्मचारीहरु समेत संक्रमित भई न्यून जनशक्तिवाट कार्यालयको काम सम्पादन गर्नु पर्ने र वर्तमान अवस्थाका कारण सेवाग्राहीलाई समेत स्वास्थ्य सम्वन्धि समस्या पर्न सक्ने संकेत गर्दै कार्यालयले सो अनुरोध गरेको हो ।
  •     कार्यालयले असोज ९ गते जारी गरेको सूचनामा असोज ११ गतेदेखी लागु हुने गरि कार्यालयले सर्तसहित नयाँ नागरिक्ता र प्रतिलिपी नागरिक्ता वितरणको काम पनि सुरु गरेको छ ।
  •       जारि सूचनामा आईतवार शम्भुनाथ, सुरुङ्गा र डाकनेश्वरी नगरपालिका, सोमवार रुपनी गाउँपालिका, खडक नगरपालिका र तिरहुत गाउँपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महदेवा गाउँपालिका, वुधवार तिलाठि कोईलाडि र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाको कार्य सम्पादन गरिने उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना संक्रमणको वर्तमान अवस्थालाई दृष्टिगत गरी सेवाग्राही स्वयंको स्वास्थ्य सुरक्षा समेतका अभिप्रायले जिल्लास्थित पालिका, वडा कार्यालयहरुले आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गरी सेवाग्राहीलाई पठाउन अनुरोध गरेको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्दा ठाकुरद्वारा जारि सूचनामा प्रशासन कार्यालयका एक जना कर्मचारीको कोरोनाका कारण मृत्य तथा अन्य केहि कर्मचारीहरु समेत संक्रमित भई न्यून जनशक्तिवाट कार्यालयको काम सम्पादन गर्नु पर्ने र वर्तमान अवस्थाका कारण सेवाग्राहीलाई समेत स्वास्थ्य सम्वन्धि समस्या पर्न सक्ने संकेत गर्दै कार्यालयले सो अनुरोध गरेको हो ।
    कार्यालयले असोज ९ गते जारी गरेको सूचनामा असोज ११ गतेदेखी लागु हुने गरि कार्यालयले सर्तसहित नयाँ नागरिक्ता र प्रतिलिपी नागरिक्ता वितरणको काम पनि सुरु गरेको छ । 
    जारि सूचनामा आईतवार शम्भुनाथ, सुरुङ्गा र डाकनेश्वरी नगरपालिका, सोमवार रुपनी गाउँपालिका, खडक नगरपालिका र तिरहुत गाउँपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महदेवा गाउँपालिका, वुधवार तिलाठि कोईलाडि र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाको कार्य सम्पादन गरिने उल्लेख छ ।
    यता सप्तकोशी र कञ्चनरुप नगरपालिकाको इलाका प्रशासन कार्यालय कञ्चनपुर तथा वोदेवरसाईन नगरपालिका र वलान विहुल गाउँपालिकाको काम इलाका प्रशासन कार्यालय वोदेवरसाईनबाट नै भईरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा दुई जनाको मृत्यु 
दुर्घटनामा दुई जनाको मृत्यु 
सवारी दुर्घटनामा ६ जना घाइते
सवारी दुर्घटनामा ६ जना घाइते
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित
६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान