बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १४, २०७७
|
|
५२ पटक हेरिएको
Shares
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन

सारांश

  • स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु गरेको ¥यालीले नगरको विभिन्न ठाउमा प्रदर्शन गरेको थियो ।
  •   गत बुधवार बेलुका बारा जिल्लाको स्वर्ण गाउँपालिकास्थित प्रहरी चौकी कवही गोठको नेपाल प्रहरीले ज्यादती गर्दै लाठी र गोली प्रहारबाट स्थानीय रञ्जन कुमार यादवलाई गम्भीर घाईते बनाएको थियो ।
  • यसैगरी प्रहरीको लाठी प्रहारबाट जनता समाजवादी पार्टी, नेपाल बारा जिल्लाका नेता एवम् तात्कालीन समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष धर्मवीर यादवको टाउकोमा चोट लागी घाइते वनाइएको तथा दर्जनौं व्यक्तिहरुको घाइते भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 
बाराको कबही गोठमा प्रहरीले गरेको ज्यादतीको घटनाको बिरोधमा जसपा सप्तरी निकट युवा विद्यार्थीहरूद्वारा राजबिराजमा शुक्रबार प्रदर्शन गरेको छ । 
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु गरेको ¥यालीले नगरको विभिन्न ठाउमा प्रदर्शन गरेको थियो । 
गत बुधवार बेलुका बारा जिल्लाको स्वर्ण गाउँपालिकास्थित प्रहरी चौकी कवही गोठको नेपाल प्रहरीले ज्यादती गर्दै लाठी र गोली प्रहारबाट स्थानीय रञ्जन कुमार यादवलाई गम्भीर घाईते बनाएको थियो ।
यसैगरी प्रहरीको लाठी प्रहारबाट जनता समाजवादी पार्टी, नेपाल बारा जिल्लाका नेता एवम् तात्कालीन समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष धर्मवीर यादवको टाउकोमा चोट लागी घाइते वनाइएको तथा दर्जनौं व्यक्तिहरुको घाइते भएका थिए ।
भारतीय सीमा क्षेत्र नजिक रहेका स्थानिय नेपालीहरूले घरका निमित्त चाहिने दैनिक खाद्य वस्तु तथा ८÷१० किलो आलु–प्याज साइकलमा ल्याउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । सोही विषयमा स्थानीयहरुले प्रहरीको ज्यादती रोक्न र निजहरुलाई रिहा गर्न भनि अनुरोध गर्दा प्रहरीले नानाथरी भन्दै एक्कासी लाठी र गोली प्रहार गरी घाईते बनाएको जनाइएको छ ।
प्रहरी प्रशासनको मिलेमतोमा ट्रकका–ट्रक सामानहरु अवैध रुपबाट वोर्डरबाट तस्करी भइरहनेलाई नियन्त्रण गर्नुको साटो आफ्नो घर खर्चका लागि ल्याउने सोझा जनताहरुलाई रोक्ने, छेक्ने र दमन गर्ने कार्यको जनता समाजवादी पार्टी नेपाल घोर निन्दा गरेको छ ।
सो पार्टीका सप्तरी अध्यक्ष केदार यादवले बारा घटनामा गोली लागेको र घाइते भएकाहरुको अविलम्व उचित उपचार र क्षतिपूर्ती दिनका लागि पनि सरकारसंग माग गरेका छन् । प्रहरी चौकी कवही गोठका दोषी प्रहरी उपर तत्काल कार्वाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै प्रहरीको उक्त गलत कार्यको विरोधमा जनताहरु आन्दोलित भएको उनको भनाई छ । 
सो बिरोध ¥यालिमा जसपा नेपालका केन्द्रीय सदस्य दिनेश यादब, राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, लक्ष्मण यादब, दिनेश यादब, गजेन्द्र मण्डल, राजबिराज नपा १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, वडा २ का अध्यक्ष अरूण यादब, वडा १२ का अध्यक्ष हरिहर यादब,  युवा नेता शम्भु यादब, शिवशंकर यादब, विशाल यादब, सचेन्द्र यादब, संजय यादब, बिनोद मण्डल, श्याम यादब, रंजित यादब, राहुल रायलगायतको सहभागिता रहेको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
सामाजिक सद्भाव कायम राख्न आग्रह    
सामाजिक सद्भाव कायम राख्न आग्रह    
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन