सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग

राजविराज राजविराज
|
आइतबार, आश्विन १०, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग

सारांश

  •     भारत सरकारले सप्तरीका बाढी तथा आगलागि पीडित परिवारका लागि करिब ४३ लाख मुल्य बराबरका विग टेन्ट ३० थान, सिंगल फेमिली टेन्ट ५५ थान, डबल फेमिलि टेन्ट २५ थान र दुई सय थान म्याट सहयोग प्रदान गरेको हो ।
  •       सप्तरी सदरमुकाम राजविराजमा आइतबार नेपाल–भारत महिला मैत्री समाज काठमाडौंद्वारा आयोजित “बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारहरुका लागि अस्थायी बसोवास राहत सामाग्रि हस्तान्तरण कार्यक्रम” मा समाजकी अध्यक्ष समेत रहेकी सांसद चन्दा चौधरीले जानकारी दिइन् ।
  •       यस्तै उनले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका सप्तरीसहित सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, रुपन्दही र नवलपरासी गरि १० जिल्लामा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि भारत सरकारले उपलब्ध गराएको बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १० असोज । 
    सप्तरीका बाढीपीडितलाई भारत सरकारले अस्थायी बसोवासका लागि विभिन्न सामाग्रि सहयोग प्रदान गरेको छ । 
    भारत सरकारले सप्तरीका बाढी तथा आगलागि पीडित परिवारका लागि करिब ४३ लाख मुल्य बराबरका विग टेन्ट ३० थान, सिंगल फेमिली टेन्ट ५५ थान, डबल फेमिलि टेन्ट २५ थान र दुई सय थान म्याट सहयोग प्रदान गरेको हो । 
    सप्तरी सदरमुकाम राजविराजमा आइतबार नेपाल–भारत महिला मैत्री समाज काठमाडौंद्वारा आयोजित “बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारहरुका लागि अस्थायी बसोवास राहत सामाग्रि हस्तान्तरण कार्यक्रम” मा समाजकी अध्यक्ष समेत रहेकी सांसद चन्दा चौधरीले जानकारी दिइन् । 
    यस्तै उनले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका सप्तरीसहित सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, रुपन्दही र नवलपरासी गरि १० जिल्लामा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि भारत सरकारले उपलब्ध गराएको बताइन् । 
    विपद् पीडितहरुका लागि भारत सरकारको तर्फबाट सहयोग स्वरुप प्राप्त राहत सामाग्रि प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमलाई हस्तान्तरण गर्दै विभिन्न प्रकोपबाट पीडामा परेका जिल्लाका बास्तविक पीडितहरुको पहिचान गरि त्यहासम्म पुर्‍याइदिन अनुरोध पनि गरिन् । 
    उनले विभिन्न खाले विपद्मा परेर घरबार विहीन भएकाहरुको अस्थायी बसोवासका लागि भारत सरकारले ५ करोड ३९ लाख ४० हजार ८ सय मुल्य बराबरको राहत सामाग्रि आफ्नो संस्था मार्फत सहयोग गरेको बताउँदै यसको सदुपयोग हुनु पर्नेमा जोड दिईन् । 
    जिल्लाका पीडितहरुका लागि प्राप्त सहयोग बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले सम्बन्धीत ठाउँका जनप्रतिनिधी र स्थानिय भरभलादमीको समन्वयमा बास्तविक पीडितको पहिचान र आवश्यक प्रक्रिया पुरा गरि छिटै बितरण गर्ने प्रतिबद्धता जनाए । 
    कार्यक्रममा लोसपा नेता सुनिल झा, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्तालगायतले सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै