जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
७६ पटक हेरिएको
Shares
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 

सारांश

  •     आउँदो जेठ ३ गते दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि शुक्रबार दुई समूहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
  •       श्रोतका अनुसार बामपन्थी र संघीय फोरम निकट अधिवक्ताहरुको समूहको नेतृत्व गर्दै अधिवक्ता डोमन साहले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
  •       सोही समूहबाट उपाध्यक्ष पदमा महेन्द्र प्रसाद देव, सचिवमा ओम प्रसाद यादव र कोषाध्यक्षमा शंकर कुमार मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक अधिवक्ता दुर्गानन्द चौधरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २० वैशाख ।
    सप्तरी जिल्ला अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ । 
    आउँदो जेठ ३ गते दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि शुक्रबार दुई समूहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 
    श्रोतका अनुसार बामपन्थी र संघीय फोरम निकट अधिवक्ताहरुको समूहको नेतृत्व गर्दै अधिवक्ता डोमन साहले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । 
    सोही समूहबाट उपाध्यक्ष पदमा महेन्द्र प्रसाद देव, सचिवमा ओम प्रसाद यादव र कोषाध्यक्षमा शंकर कुमार मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक अधिवक्ता दुर्गानन्द चौधरीले जानकारी दिए । 
    त्यस्तै लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अधिवक्ता महेश्वर साहले अध्यक्ष पदमा, उपाध्यक्षमा लोकनाथ यादव, सचिवमा ध्रुब कुमार मण्डल र कोषाध्यक्षमा बिरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । 
    यसैबीच डोमन साह नेतृत्वको समूहबाट सहसचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ । जेठ ३ गते हुने निर्वाचनका लागि जिल्ला बार एशोसिएशनमा ८६ जना मतदाता रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सरकारमा जाने कुनै सम्भावना छैन् ः राजपा संयोजक महतो
नैतिकताको खडेरी सँगै मानवता माथि प्रहार  
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति