दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
रकम दोब्बर गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ निवासी हनुमानी नामले चिनिने ४२ वर्षिय राम बहादुर रजक छन् ।
उनीमाथि गाउँ र आसपासका दर्जनौ व्यक्तिसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको प्रहरीको आरोप छ ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले लामो समयदेखि जिल्लामा रकम दोब्बर पारिदिने भन्दै रजकले ठगी गरिरहेको गुनासो आउन थालेपछि पीडित पक्षबाट उजुरी परेको जानकारी दिएका छन् ।
पछिल्लो पटक पीडितले जिल्ला प्रहरी कार्यालयमा उनीसहित केही व्यक्ति विरुद्ध किटानी जाहेरी नै दिएका थिए । त्यसपछि ठगी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमती लिई उनलाई गाउँबाटै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
यद्यपी सोमवार अदालतमा म्याद थप पश्चात् पत्रकार सम्मेलन मार्फत सोबारे विस्तृत जानकारी गराउने सप्तरी प्रहरीले जनाएको छ ।
रकम दोब्बर गरदिने भन्दै ठगी गरेको आरोपमा हनुमानी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
- ६ निवासी हनुमानी नामले चिनिने ४२ वर्षिय राम बहादुर रजक छन् ।
- उनीमाथि गाउँ र आसपासका दर्जनौ व्यक्तिसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया