दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा पनि प्रदेशलाई पूर्ण स्वायत्त नराखेको कारण बजेटको समस्या भएको आरोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा मंगलबार आयोजित दुई दिने वार्षिक समिक्षा गोष्ठिको उद्घाटन गर्दै उनले संघीय सरकारकै कारण प्रदेशको नीति निर्माणमा समेत प्रभाव पारेको बताए ।
विश्वमा संघीयता भएका मुलुकले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत स्वायत छोडेको भएपनि नेपालमा अझैं त्यस्तो नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
केन्द्रले दिने सीमित बजेटले मात्र नपुग्ने भन्दै उनले प्रदेश सरकारले क्षमताले भ्याएसम्म स्वास्थ्य क्षेत्रमा कामगरिरहेको र यस क्रममा प्रदेशमा रहेका केन्द्र मातहतका स्वास्थ्य संस्थाहरुलाई समेत सहयोग गरिरहेको उनले बताए ।
सबै प्रदेशलाई बराबर बजेट बाडेर जनसंख्याको अनुपातलाई उपेक्षा गरिएको भन्दै उनले यसले सिधा प्रभाव प्रदेश २ मा परेको जिकिर गरे । उनले विगतमा पंचायति व्यवस्था तथा संसदीय व्यवस्थाकालमा मधेशका जनतासँग गरिएको विभेद अहिले संघीय व्यवस्थामा समेत कायमै रहनु दुःखद भएको भन्दै आफूहरु अहिले पनि संघर्षमै रहेको बताए ।
सीमित साधान श्रोत र कोरोना जोखिमका बाबजुद यहाँका स्वास्थ्यकर्मीहरुले देखाएको सक्रियता प्रसंशनीय रहेको भन्दै मन्त्री साहले स्वास्थ्यकर्मीहरु प्रति धन्यवाद समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा भइरहेको समस्या, उपकरणहरुको अभावसहित आर्थिक वर्ष २०७६÷७७ मा गरिएको स्वास्थ्य गतिविधि तथा भावी कार्यक्रम बारे जानकारी गराएका थिए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मातहतका १८ वटै स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको छ ।
केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त दिएको छैन ः प्रदेश मन्त्री साह
सारांश
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा मंगलबार आयोजित दुई दिने वार्षिक समिक्षा गोष्ठिको उद्घाटन गर्दै उनले संघीय सरकारकै कारण प्रदेशको नीति निर्माणमा समेत प्रभाव पारेको बताए ।
- विश्वमा संघीयता भएका मुलुकले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत स्वायत छोडेको भएपनि नेपालमा अझैं त्यस्तो नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
- केन्द्रले दिने सीमित बजेटले मात्र नपुग्ने भन्दै उनले प्रदेश सरकारले क्षमताले भ्याएसम्म स्वास्थ्य क्षेत्रमा कामगरिरहेको र यस क्रममा प्रदेशमा रहेका केन्द्र मातहतका स्वास्थ्य संस्थाहरुलाई समेत सहयोग गरिरहेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया