जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान

राजविराज राजविराज
|
बिहिबार, भाद्र ६, २०८१
|
|
७२ पटक हेरिएको
Shares
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान

सारांश

  •     सप्तरी जिल्ला अदालत ईजलाश नं.
  • ७ का जिल्ला न्यायाधीश संजिव पोखरेलको ईजलाशले पुर्वपक्षका लागि कारागार चलान गर्ने निर्णय गरेको हो ।
  • अदालतले साहलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।

    सप्तरीको कंचनरूप नगरपालिकामा झण्डै तीन महिनाअघि एक महिलाको सवारी दुर्घट्नमा मृत्यु प्रकरणमा पक्राउ परेका पप्पु भनिने संजिव साहलाई पुर्पक्षका लागि बिहीवार कारागार चलान गरिएको छ । 
    सप्तरी जिल्ला अदालत ईजलाश नं. ७ का जिल्ला न्यायाधीश संजिव पोखरेलको ईजलाशले पुर्वपक्षका लागि कारागार चलान गर्ने निर्णय गरेको हो । अदालतले साहलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । 
    इलाका प्रहरी कार्यालय कञ्चनपुरले साहलाई गत साउन २१ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । 
    कंचनरुप नगरपालिका वडा नं. ८ की ५७ वर्षीया जयमाला गुप्ताको गत जेठ ९ गते सवारीका ठक्करले मृत्यु भएको थियो । ठक्करले गम्भीर घाइते भएकी उनको विराटनगरमा उपचारका क्रममा ज्यान गएको थियो । यद्यपी ठक्कर दिने मोटरसाइकलको पहिचान भने हुन सकेको थिएन् । 
    प्रहरीको लामो अनुसन्धानपछि कंचनरूप नगरपालिका वडा नं. ८ का साह पक्राउ परेका थिए । जेठ ९ गते राति साढे ८ बजे महायज्ञ स्थलबाट घर आउने क्रममा तत्काल नम्बर खुल्न नसकेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो ।
    दुर्घटना भएको लामो समयसम्म प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका छोरा डा. तुलाकृष्ण गुप्ताले पत्रकार सम्मेलनमार्फत गुनासो पोख्दै आएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?