दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
सप्तरीको कंचनरूप नगरपालिकामा झण्डै तीन महिनाअघि एक महिलाको सवारी दुर्घट्नमा मृत्यु प्रकरणमा पक्राउ परेका पप्पु भनिने संजिव साहलाई पुर्पक्षका लागि बिहीवार कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालत ईजलाश नं. ७ का जिल्ला न्यायाधीश संजिव पोखरेलको ईजलाशले पुर्वपक्षका लागि कारागार चलान गर्ने निर्णय गरेको हो । अदालतले साहलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले साहलाई गत साउन २१ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
कंचनरुप नगरपालिका वडा नं. ८ की ५७ वर्षीया जयमाला गुप्ताको गत जेठ ९ गते सवारीका ठक्करले मृत्यु भएको थियो । ठक्करले गम्भीर घाइते भएकी उनको विराटनगरमा उपचारका क्रममा ज्यान गएको थियो । यद्यपी ठक्कर दिने मोटरसाइकलको पहिचान भने हुन सकेको थिएन् ।
प्रहरीको लामो अनुसन्धानपछि कंचनरूप नगरपालिका वडा नं. ८ का साह पक्राउ परेका थिए । जेठ ९ गते राति साढे ८ बजे महायज्ञ स्थलबाट घर आउने क्रममा तत्काल नम्बर खुल्न नसकेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो ।
दुर्घटना भएको लामो समयसम्म प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका छोरा डा. तुलाकृष्ण गुप्ताले पत्रकार सम्मेलनमार्फत गुनासो पोख्दै आएका थिए ।
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
सारांश
- सप्तरी जिल्ला अदालत ईजलाश नं.
- ७ का जिल्ला न्यायाधीश संजिव पोखरेलको ईजलाशले पुर्वपक्षका लागि कारागार चलान गर्ने निर्णय गरेको हो ।
- अदालतले साहलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया