सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद

राजविराज राजविराज
|
आइतबार, आश्विन १४, २०८०
|
|
३० पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा एक सय  थान वाकीटाकी बरामद

सारांश

  •     सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटेको टोलीले शनिबार राती छिन्नमस्ता गाउँपालिका वडा नं.
  • २ मोहनपुरबाट उक्त परिमाणको वाकीटाकी बरामद गरेको हो ।
  •       गस्तिमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउँकोमा बोकेर ल्याउँदै गरेका एक ब्यक्ति भने सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 

    भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको एक सय थान वाकीटकी सेट सशस्त्र प्रहरीले बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटेको टोलीले शनिबार राती छिन्नमस्ता गाउँपालिका वडा नं. २ मोहनपुरबाट उक्त परिमाणको वाकीटाकी बरामद गरेको हो । 
    गस्तिमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउँकोमा बोकेर ल्याउँदै गरेका एक ब्यक्ति भने सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंहले जानकारी दिएका छन् । 
    बाकीटकी सेट ल्याउने व्यक्तिको खोजिकार्य भइहरेको तथा कुन प्रयोजनका लागि वाकीटकी सेट ल्याइएको भन्ने बारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 
    करिब ८ लाख मुल्य बराबरको उक्त वाकीटाकी आइतबार आवश्यक कारवाही प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?