अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि

राजविराज राजविराज
|
बुधबार, आश्विन १७, २०८०
|
|
६७ पटक हेरिएको
Shares
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि

सारांश

  •     राजविराजस्थित पार्टी कार्यालयमा बुधबार नेता तथा कार्यकर्ता सँगको भेंटमा उनले काँग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनैपनि राजनीतिक दलसँग गठबन्धन नगरि चुनावमा जाने तयारी पार्टी भित्र भईरहेको जानकारी दिए ।
  •     पूर्वगृहमन्त्री समेत रहेका निधिले आम जनतामा काँग्रेस अहिलेदेखि त्यसका लागि माहौल बनाउनमा लाग्न निर्देशन दिए ।
  •     एक फरक प्रसंगमा निधिले देशमा संविधान आएको ८ बर्ष वित्न लाग्दा पनि संघियता अहिले सम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 

    नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को चुनावमा कुनै दलसँग गठबन्धन नहुने बताएका छन् ।
    राजविराजस्थित पार्टी कार्यालयमा बुधबार नेता तथा कार्यकर्ता सँगको भेंटमा उनले काँग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनैपनि राजनीतिक दलसँग गठबन्धन नगरि चुनावमा जाने तयारी पार्टी भित्र भईरहेको जानकारी दिए ।
    पूर्वगृहमन्त्री समेत रहेका निधिले आम जनतामा काँग्रेस अहिलेदेखि त्यसका लागि माहौल बनाउनमा लाग्न निर्देशन दिए ।
    एक फरक प्रसंगमा निधिले देशमा संविधान आएको ८ बर्ष वित्न लाग्दा पनि संघियता अहिले सम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताए । ‘संघियता आएको तर अहिले सम्म प्रदेश सरकार संग प्रहरी, प्रशासन र आफ्नो कर्मचारी नभएको कारण सरकार सञ्चालनमा समस्या आएको छ’ उनले भने, ‘सरकार त्यसलाई भनिन्छ जसको मातहतमा प्रहरी–प्रशासन र कर्मचारी हुन्छ ।’
    संघियताको कार्यान्वयन आफू गृहमन्त्री हुँदादेखि शुरु भएको तर अहिलेसम्म नभएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेता तथा कार्यकर्तालाई त्यसका लागि जनदवाव सृजना गरेर जनताको विश्वास जित्दै काँग्रेस प्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेपाली काँग्रेस सभापति रामदेव साह, उपसभापति रामकुमार यादव र सचिव सनत मंडल सहित पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी