अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि

राजविराज राजविराज
|
बुधबार, आश्विन १७, २०८०
|
|
४० पटक हेरिएको
Shares
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि

सारांश

  •     राजविराजस्थित पार्टी कार्यालयमा बुधबार नेता तथा कार्यकर्ता सँगको भेंटमा उनले काँग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनैपनि राजनीतिक दलसँग गठबन्धन नगरि चुनावमा जाने तयारी पार्टी भित्र भईरहेको जानकारी दिए ।
  •     पूर्वगृहमन्त्री समेत रहेका निधिले आम जनतामा काँग्रेस अहिलेदेखि त्यसका लागि माहौल बनाउनमा लाग्न निर्देशन दिए ।
  •     एक फरक प्रसंगमा निधिले देशमा संविधान आएको ८ बर्ष वित्न लाग्दा पनि संघियता अहिले सम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 

    नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को चुनावमा कुनै दलसँग गठबन्धन नहुने बताएका छन् ।
    राजविराजस्थित पार्टी कार्यालयमा बुधबार नेता तथा कार्यकर्ता सँगको भेंटमा उनले काँग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनैपनि राजनीतिक दलसँग गठबन्धन नगरि चुनावमा जाने तयारी पार्टी भित्र भईरहेको जानकारी दिए ।
    पूर्वगृहमन्त्री समेत रहेका निधिले आम जनतामा काँग्रेस अहिलेदेखि त्यसका लागि माहौल बनाउनमा लाग्न निर्देशन दिए ।
    एक फरक प्रसंगमा निधिले देशमा संविधान आएको ८ बर्ष वित्न लाग्दा पनि संघियता अहिले सम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताए । ‘संघियता आएको तर अहिले सम्म प्रदेश सरकार संग प्रहरी, प्रशासन र आफ्नो कर्मचारी नभएको कारण सरकार सञ्चालनमा समस्या आएको छ’ उनले भने, ‘सरकार त्यसलाई भनिन्छ जसको मातहतमा प्रहरी–प्रशासन र कर्मचारी हुन्छ ।’
    संघियताको कार्यान्वयन आफू गृहमन्त्री हुँदादेखि शुरु भएको तर अहिलेसम्म नभएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेता तथा कार्यकर्तालाई त्यसका लागि जनदवाव सृजना गरेर जनताको विश्वास जित्दै काँग्रेस प्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेपाली काँग्रेस सभापति रामदेव साह, उपसभापति रामकुमार यादव र सचिव सनत मंडल सहित पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो 
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ