विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 

राजविराज राजविराज
|
बुधबार, कार्तिक २, २०७९
|
|
२४ पटक हेरिएको
Shares
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 

सारांश

  •     विषादी कारोबारलाई व्यवस्थित बनाउन बिक्रेता अनुपति पत्रका लागि परिक्षा बिधिको प्रयोग गरिएको सो कार्यालयले जनाएको छ ।
  •       बुधबार केन्द्रको राजविराजस्थित कार्यालयमा लिएको पूर्वपरिक्षामा २३ महिलासहित १ सय ६७ जना सहभागि भए ।
  • असुरक्षित तरिकाबाट भइरहेको विषादीको कारोबारलाई लक्षित गरि आयोजना गरिएको पूर्वपरिक्षाको रिजल्ट दुई दिनभित्रै सार्वजनिक गरिने कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 

    कृषि ज्ञान केन्द्र सप्तरीले विषादीको असुरक्षितको कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन कारोबारीलाई अनुमति पत्र प्रदानका लागि आवश्यक तालिमसहित पूर्वपरिक्षाको आयोजना गरेको छ । 
    विषादी कारोबारलाई व्यवस्थित बनाउन बिक्रेता अनुपति पत्रका लागि परिक्षा बिधिको प्रयोग गरिएको सो कार्यालयले जनाएको छ । 
    बुधबार केन्द्रको राजविराजस्थित कार्यालयमा लिएको पूर्वपरिक्षामा २३ महिलासहित १ सय ६७ जना सहभागि भए । असुरक्षित तरिकाबाट भइरहेको विषादीको कारोबारलाई लक्षित गरि आयोजना गरिएको पूर्वपरिक्षाको रिजल्ट दुई दिनभित्रै सार्वजनिक गरिने कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिए । 
    असुरक्षित तरिकाबाट विषादी कारोबार भइरहदा समाजमा विभिन्न खाले अपराधीक घटना समेत हुन थालेपछि विषादीको कारोबारी र यस कारोबारमा आउन चाहने इच्छुक व्यक्तिलाई तालिममा सहभागि गराई परिक्षा लिइएको उनको भनाई छ । 
    पहिलो चरणमा ३५ जनाको मात्र छनौट गर्नु पर्ने भएपनि आवेदकको संख्या चौब्बरभन्दा पनि बढी देखिएपछि परिक्षा प्रणाली अपनाइएको उनले बताए ।
    जिल्ला भरबाट आएका विषादी बिक्रेता तथा इच्छुक बिक्रेताहरुलाई ५० मिनेटको समय दिई कृषि विषादी सम्बन्धी ५८ वटा बस्तुगत प्रश्नहरु समावेश गरि परिक्षा लिइएको प्रमुख यादवले जानकारी दिए । 
    पूर्वपरिक्षामा उत्तिर्ण भएकाहरुलाई प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरबाट आउने कृषि विज्ञहरुको टोलीद्वारा तालिम र अन्तिम परिक्षा लिइने कार्यतालिका रहेको छ । सो परिक्षामा उत्तिर्ण हुनेहरुलाई विषादी बिक्रि बितरणको अुनमतिपत्र प्रदान गरिने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । 
    कृषि ज्ञान केन्द्रले यसअघि बिऊ बिजन व्यवसायलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र फलदायी बनाउन गत भदौं २९ गते बिक्रेता अनुमतिपत्रका लागि पनि परिक्षा बिधीकै प्रयोग गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई
छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
आगलागिमा ३० हजार नगदसहित सदाको घर नष्ट
आगलागिमा ३० हजार नगदसहित सदाको घर नष्ट