बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०७६
|
|
६५ पटक हेरिएको
Shares

सारांश

  •     अढाई वर्षिय मो.
  • सलमानले घरमा खेल्दै गर्दा एक रुँपैयाको सिक्का निलेका थिए ।
  • घाँटीको भित्री नलीमा सिक्का अडकिएर गम्भिर अवस्थामा उपचारका लागि उनलाई परिवारजनले स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौं । 
    राजविराज वडा नं. ९ मलेठ स्थित एक बालकको घाँटीमा अडकिएको एक रुँपैयाको सिक्का सफलतापूर्वक शल्यक्रिया बिनै चिकित्सकहरुले निकालेका छन् । 
    अढाई वर्षिय मो. सलमानले घरमा खेल्दै गर्दा एक रुँपैयाको सिक्का निलेका थिए । घाँटीको भित्री नलीमा सिक्का अडकिएर गम्भिर अवस्थामा उपचारका लागि उनलाई परिवारजनले स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएका थिए । 
    अस्पतालका चिकित्सकहरुले शल्यक्रिया बिनै सफल उपचार गरी सिक्का निकालेर बालकको ज्यान जोगाएका छन् । 


    रिजिड अशोथेगोस्कोपी (मुखबाट पाइप छिराएर) प्रविधिको मद्दतबाट दुई घण्टाको प्रयासपछि बालक सलमानको घाँटीमा अडकिएको एक रुँपैयाको सिक्का निकाल्न सफल भएको उपचारमा संलग्न नाक, कान, घाँटी रोग विशेषज्ञ डा. महेश पोखरेल तथा एनेस्थेशियोलोजिस्ट डा. पारसमणी साहले जानकारी दिएका छन् । 
    चिकित्सकहरुले भिडियो एक्सरे गर्दा बालकको घाँटीको भित्री नलीमा धातु अडकिएको देखिएपछि सो प्रविधीबाट दुई घण्टाको प्रयासपछि शल्यक्रिया बिना नै सफलता हात पारे ।
    घाँटीमा यसरी अडकिएको सिक्का समयमै निकाल्न नसकेको भए बालकको ज्यान जाने सम्म खतरा रहेको तर, समयमै बालकलाई अस्पतालसम्म ल्याइएकाले सफल उपचार भएको चिकित्सकहरुको भनाई छ । यता स–साना बालबालिका खेल्दै गर्दा अभिभावकले निगरानी गर्नुपर्ने सुझाव समेत चिकित्सकहरुले दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ